Loktantra Khabar National Weekly
Ad

अमानवीयता प्रदर्शन गर्ने विरुद्ध तीन जना पक्राउ

लोकतन्त्र खबर
४ मंसिर २०८२

महोत्तरीको औरही नगरपालिका– ७ मा गत कार्तिक २१ गते राति अमानवीयता प्रदर्शन गर्दै कुटपिट गर्नेहरु मध्ये तीनजनालाई पक्राउ गरि महोत्तरी प्रहरीले अपहरण, शरीर बन्धन तथा ज्यान मार्ने उद्योग चलाइने भएको छ । उक्त घटनामा संलग्न रहेको भन्दै महोत्तरी प्रहरीले सोही ठाउ बस्ने रतन मण्डल, लक्ष्मण ठाकुर र भोगेन्द्र रामलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गराइ अनुसन्धान शुरु गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

गत कार्तिक २१ गते राति ८ः३० बजे सोनामाइ मन्दिर नजिकै रहेको ट्रष्टमा बसि रहेको बेला आरोपीहरुले प्रदीप भन्ने रौशन कुमार झालाई अपहरण शैलीमा लगि बन्धक बनाएर अमानवीय तरिकाले मरनासन्न हुने गरि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । झालाई रातभरि विजुलीको पोलमा बाँधेर अमानवीय तरिका कुटपिट गरेको फोटो समाजिक संजालमा भाइरल भएपछि घटना सार्वजनिक भएको थियो ।

वडाध्यक्ष जितेन्द्र यादवको घर नजिकै पीडित झालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गर्दा समेत आफुलाई विहान मात्र थाहा भएको भनि वडा अध्यक्ष यादवले विभिन्न संचारमाध्यममा प्रतिक्रिया दिएपछि घटनालाई थप सशंकित बनाएको पीडित झाका बुवा सन्तोष कुमार झाले जनाए । घटनाको भोली पल्ट इलाका प्रहरी कार्यालय रामगोपालपुरमा स्थानीय प्रमिला देवी महराले पीडित झा माथि चोरीको मुद्दा दर्ता गराएका थिए ।

तर गम्भीर घाइते भएका झाको अवस्था विग्रदै गएपछि निवेदक प्रमिलाले आफुलाई वडाअध्यक्षले प्रलोभन दिई उजुरी दर्ता गराउन लगाएको बयान प्रहरी समक्ष दिएको जनाइएको छ । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: