Loktantra Khabar National Weekly
Ad

अर्कैको पारिवारिक झगडा र अंशबन्डा विवादले ‘शान्ताको अचार’मा आगजनी भएको खुलासा

लोकतन्त्र खबर
४ मंसिर २०८२

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, सनिहल लाइनमा आइतबार बिहान एमाले नेतृ तथा पूर्व सांसद शान्ता चौधरीको ‘शान्ताको अचार’कै विक्री शाखासहित दुई वटा पसल जलेर नष्ट भएको घटनाको कारण प्रहरीले पत्ता लगाएको छ ।
पारिवारिक झगडा र अंशबन्डाको विवादका कारण देवरले नै भाउजूको पसलमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । यस घटनामा संलग्न वीरेन्द्रनगर नगरपालिका–८ बस्ने २८ वर्षीय दीपक कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान करिब ४ बजेतिर सनिहल लाइनस्थित जुना कुमारी बोहोराले सञ्चालन गरेको ‘नबदुर्गा बेबी सप’मा आगजनी भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, सुरुमा विद्युत् सर्टबाट आगो लागेको अनुमान गरिए पनि अनुसन्धानबाट यो नियोजित आगजनी भएको पुष्टि भयो ।
बुढ्थापाले रातोपाटीलाई बताए अनुसार दीपक कँडेलले नै पारिवारिक झगडा र अंशबण्डाको रिसमा आफ्नै भाउजू जुना कुमारीको पसलमा पेट्रोल छर्केर आगो लगाएका थिए । सोही आगो फैलिएर छेउमै रहेको ‘शान्ता अचार’ पसलसमेत नष्ट भएको प्रहरीको भनाइ छ ।
फैलिँदै छ शान्ताको अचारः मासिक ३० लाख कारोबार, ३५ जनालाई रोजगारी
फैलिँदै छ शान्ताको अचारः मासिक ३० लाख कारोबार, ३५ जनालाई रोजगारी
शुक्रबार उद्घाटन भएको ‘शान्ताको अचार’को वीरेन्द्रनगर शाखामा आगलागी
शुक्रबार उद्घाटन भएको ‘शान्ताको अचार’को वीरेन्द्रनगर शाखामा आगलागी
दैलेख, भगवतीमाई गाउँपालिका–६ बस्ने खगिसरा बुढा रोकायले सञ्चालन गरेको शान्ता अचार शुक्रबारमात्रै उदघाटन भएको थियो । आफ्नो अचार व्यवसाय विस्तारका क्रममा एमाले नेतृ तथा पूर्वसांसद शान्ता चौधरी आफैँ शुक्रबार वीरेन्द्रनगर आएर उद्घाटन गरेकी थिइन् ।
अचार पसलमा आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । प्रहरीले क्षतिको यकिन विवरणबारे थप अनुसन्धान गरिरहेको छ । घटनापछि फरार रहेका दीपक कँडेललाई प्रहरीले वीरेन्द्रनगरको मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो । परिवारका सदस्यका अनुसार दीपकले घरमा झगडा हुँदा पहिला पनि यस्तो गर्ने धम्की दिएका थिए ।
दीपकको मानसिक अवस्था ठिक नदेखिएको र उनीमाथि लागुऔषध सम्बन्धी मुद्दासमेत चलेको प्रहरीको भनाइ छ ।
यही अंशबण्डाको रिसमा उनले सोही दिन कालिन्चोकस्थित आफ्नो घरमा समेत आगजनी गरी कर्णाली एकेडेमीको कार्यालयमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।
नगरपालिकाको दमकलका चालकले बिहान करिब ३ बजे गणेशचोकतिर पानी भर्न जाँदै गर्दा बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरेपछि दमकल र प्रहरीको सहयोगमा बिहान ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: