सर्लाही – कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउन गएका सर्लाहीका एक बालक दुई दिनपछि मृत फेला परेका छन्। सर्लाहीको रामनगर गाउँपालिका – १ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएका आशिकको शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका – २ स्थित बागमती नदीको किनारमा फेला परेको हो। घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटेर खोजतलास गरेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शव फेला परेको सूचना पाएलगत्तै घटनास्थल सुरक्षित राखिएको र अनुसन्धान कार्य भइरहेको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। सौजन्य धड्कन एफ.एम.
प्रतिक्रिया दिनुहोस्:

