Loktantra Khabar National Weekly
Ad

१७ हजार हेक्टरमा लगाएको धानबालीमा वर्षाले क्षति

लोकतन्त्र खबर
१९ कार्तिक २०८२

वीरगञ्ज । रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पु¥याएको छ ।

बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, एक हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, ६८५ हेक्टरको तरकारी, ४०७ हेक्टरको फलफूलबाली र ५०० हेक्टर अन्य बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए ।

जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको हो । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, ईशनाथ, मौलापुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकालगायतमा क्षति पु¥याएको छ ।

बाढीले पु¥याएको क्षतिका कारण जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान गरिएको छ । यसैबिच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गरेका छन् । बाढीले रौतहटका करिब ४५० घरपरिवार विस्थापित भएका थिए ।

भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन् । वर्षाले किसानले धान भित्र्याउन नपाएको वृन्दावन– १ का किसान शिवमंगल पटेलले गुनासो गरे। खेतमा काटेर राखेको धान वर्षाले डुबाएको छ । सौजन्य यात्रा डेली

 

प्रतिक्रिया दिनुहोस्: