Loktantra Khabar National Weekly
Ad

बालिका बलात्कार आरोपमा युवक पक्राउ

लोकतन्त्र खबर
१९ कार्तिक २०८२

काठमाडौं, १८ कात्तिक । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिकाका–२ घर भएका युवक छन् । उनलाई प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
सोमबार दिउँसो बालिकामाथि बलात्कार भएको सूचना आएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: