बखतियार अलि–
सर्लाही ३० असोज । नेपाल भरिमा सबै भन्दा बढि स्थानीयतह रहेका सर्लाहीमा जनप्रतीनिधीहरुको दोस्रो कार्यकालको ३ वर्ष सकिन लाग्दा समेत स्थानीय पाठ्यक्रम लागु भएको छैन । नेपालको संबिधानले नेपाली नागरीकलाई आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गरेको भएपनि यस प्रति सर्लाहीका कुनैपनि स्थानीयतहको ध्यान गएको छैन ।
प्रचलित शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ ले प्राथमिक तहसम्म मातृभाषामा शिक्षा प्रदान गर्न सकिने कुरा उल्लेख गरेको छ । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ (कक्षा १–३ तथा प्राथमिक शिक्षा पाठ्यक्रम २०६५ (कक्षा ४–५ ले प्राथमिक तहमा १०० पूर्णाङ्कको स्थानीय विषय÷मातृभाषा र सामाजिक अध्ययन, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयमा २० प्रतिशत पाठ्यांश स्थानीय स्तरबाट निर्माणगरी प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।
यधपी सर्लाहीका स्थानीयतहहरुको उदासिनता र कमि–कमजोरीका कारण स्थानीय पाठ्यक्रम हाल सम्म पनि लागु भएको छैन । सर्लाहीका सबै भन्दा पुरानो नगरपालिका मलंगवा नगरपालिकामा १ दशक बढि समय देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत होमनाथ सुवेदीले मलंगवा नगरपालिकामा स्थानीय पाठ्यक्रम लागु भएको बताउनु भयो ।
वहाले भन्नु भयो हामिले अंग्रेजी र कम्प्युर विषयमा स्थानीय पाठ्यक्रम लागु गरेको दाबी गर्नुभयो । यधपी यस सम्बन्धमा मलंगवा नगरपालिका भित्र संचालित कृष्णा मति जनता मा.वि. का विधार्थीहरु संग सोध गर्दा स्थानीय भाषामा कुनै पनि पाठ्यक्रम लागु नभएको बिधार्थीहरुले बताए ।
मलंगवा नगरपालिकाका अर्का बिधालय पब्लिक मा.वि.का शिक्षकले नगरपालिकामा दक्ष जनशतिmको आभाव तथा लेखक विज्ञ संग सहकार्य नहुदा स्थानीय पाठ्यक्रम निर्माण हुन नसकेको भने । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले भने स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन गराउनु पर्ने कानुनमा व्यवस्था गरिएको छ ।
स्थानीय भाषामा स्थानीय पाठ्यक्रम निर्माण गर्न आफुले समन्वय गरिरहेको ईकाई प्रमुख महतोले बताए । ईकाई प्रमुख महतोको भनाई अनुसार स्थानीयतहरुले स्थानीय पाठ्यक्रम निर्माण गर्न पहलहरु सुरु गरेको भएपनि अहिले सम्म स्थानीय पाठ्यक्रम लागु भएको जानकारी नपाएको वहाले बताउनु भयो ।
त्यस्तै गरि चक्रघटा गाँउपालिकाका शिक्षा प्रमुख रामस्वार्थ यादव, कविलासी नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतोले हामिहरुले स्थानीय पाठ्यक्रम लागु गर्न छलफल शुरु गरेको हो । छिटटै स्थानीय पाठ्यक्रम लागु गर्ने चक्रघटाका शिक्षा प्रमुख यादव र कविलासी नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत महतोले भने । ब्रहम्पुरी गाँउपालिकाका अध्यक्ष रामपदारथ साहले नेपाल सरकारले जति पाठ्क्रम अहिले लागु गरेको छ ।
त्यसमा पहिला विधार्थीहरु परागत हुनुपर्छ । स्थानीय पाठ्यक्रम लागु गर्नुपर्ने आवश्यकता अहिले नरहेको ब्रहम्पुरी गाँउपालिका अध्यक्ष साहको भनाई छ । स्थानीय अभिभावकहरुले स्थानीय पाठ्यक्रम तुरुन्तै लागु गर्नुपर्ने माग गरेको छ । वार्षिक करोडो रुपैया पालिकाले शिक्षा सुधारमा खर्चेको छ ।
स्थानीय पाठ्यक्रम निर्माण नहुदा गरिब अभिभावक माथि अतिरितm आर्थिक भार परेको स्थानीयवासी उग्रकान्त झाले बताउनु भयो । स्थानीय पाठ्यक्रम सामुदायिक र निजी विधालयमा लागु भएको भए एउटा गरिब जसको ५–६ वटा छोराछोरी छन ।
जसलाई वर्षमा आफना छोराछोरीको पाठ्यक्रम किन्न २० हजार भन्दा ठुलो रकम खर्च गर्नुपर्ने अवस्था छ । ऋण लिएर धेरै जसतो मजदुर किसान वर्षमा एकचोटी आफनो छोराछोरीका लागि पाठ्यक्रम किन्नु पर्छ । स्थानीय पाठ्यक्रम निर्माण गरि लागु भएको भए सालै पिच्छे ऋण काढेर पुस्तक किन्नु पर्ने समस्याबाट राहत पाउने थियो ।
यस प्रति सर्लाहीका कुनै पनि स्थानीयतहको ध्यान गएको छैन । शिक्षा क्षेत्रमा कमिसनको खेल मौलाएको स्थानीयवासी उग्रकान्त झाले गुनासो गर्नुभयो । सर्लाहीका स्थानीय तहहरुमा विधालय निरिक्षक (विनी) को दरबन्दी रहेपनि पालिका प्रमुखले आफनो नातागोतामा पर्ने वा निहित आफनो स्वार्थपुर्तीका लागि पालिकाकै कुनै विधालयमा पढाउदै गरेका बिषयगत शिक्षकलाई शिक्षा शाखा प्रमुख बनाएर काम गरेको अवस्था छ ।
देशको उज्वल भविष्य निर्माण गर्ने स्थानीयतहका शिक्षा शाखाको महत्पुर्ण जिम्मेवारी रहेपनि आफनो स्वार्थपुर्ती गर्न प्रमुखले आज्ञाकारी पात्रलाई शिक्षा शाखाका प्रमुख बनाएपछि पछिल्लो समय सामुदायिक बिधालयहरुको शैक्षिक गतिविधी घटदै शिक्षाको स्तर र पठनपाठनमा ठुलो गिरावट आएको पुर्व शिक्षक उमाकान्त लाल कर्णले बताए ।
शिक्षा शाखा प्रमुखमा दक्ष जनशतिmको नियुतिm, दरबन्दी हुनुपर्ने पुर्व शिक्षक कर्णले जोडदार माग गर्नुभयो । अनि मात्र शिक्षामा आमुल परिवर्तन हुन सकिन्छ । अन्यथा जति सुकै भाषण र प्रयास गरे सर्लाहीको शिक्षामा सुधार हुन सकदैन पुर्व शिक्षक कर्णको भनाई छ । जिशिकाका पुर्व स्रोत व्यतिm रामचन्द्र महतो कुशवाहाले स्थानीयतहमा आधारभुत तह कक्षा १ देखि ८ सम्म मातृभाषामा पाठ्यक्रम लागु गर्नुपर्छ ।
मातृ भाषालाई प्राथमिकता नेपाल सरकार तथा भाषा आयोगले दिईसकेको छ । जब सम्म बिधार्थीले मातृ भाषामा पढदैनन् तब सम्म असल र दक्ष नागरिक निर्माण हुदैन । तेसैले स्थानीय पाठ्यक्रम ढिलो भएपनि चाडै लागु गर्नुपर्छ । शिक्षा क्षेत्रमा दीर्घकालिन सुधारका लागि स्थानीय पाठ्यक्रम लागु गर्नुको विकल्प नरहेको पुर्व स्रोत व्यतिm कुशवाहाले बताए ।
स्थानीय तहका पहिलो निर्वाचनबाट आएका जनप्रतिनीधिले स्थानीय पाठ्यक्रम लागु गर्नुपर्ने थियो । सर्लाहीका २० वटै पालिकामा दोस्रो कार्यकालका लागि नया निर्वाचित भएर आएका जनप्रतिनीधिहरुको तेस्रो वर्ष सकिन लाग्दा समेत स्थानीय पाठ्यक्रम लागु नभएपछि यहाका जनता निरास भएको छ ।

