Loktantra Khabar National Weekly
Ad

वडा अध्यक्षसहित पाँचजनामाथि ज्यान मार्ने उद्योग मुद्दा, पक्राउ पुर्जी जारी

लोकतन्त्र खबर
२८ आश्विन २०८२

वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–५ का वडा अध्यक्ष नितेश मिश्र (चुन्नु) माथि ज्यान मार्ने उद्योग (हत्या प्रयास) मुद्दा दर्ता भएको छ ।
वडा अध्यक्ष मिश्रसहित पाँच जनाविरुद्ध पर्सा जिल्ला अदालत वीरगञ्जले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालतको आदेशपछि प्रहरीको टोली अहिले फरार रहेका वडा अध्यक्षसहितका अन्य आरोपितको खोजीमा खटिएको छ ।
मन्जीव मिश्रको जाहेरीका आधारमा नेपाल सरकार वादी र बृजकिशोर मिश्रसहित अन्य प्रतिवादी विरुद्ध मुद्दा दर्ता भएको हो । जाहेरी अनुसार मुद्दाको अनुसन्धानका क्रममा प्रमाण नष्ट हुने वा अभियुक्त फरार हुने सम्भावना देखिएकाले अदालतले तत्काल पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो ।
त्यस्तै पर्सागढी ५ का रविरंजन मिश्र (पिन्टु), राकेश मिश्र, रुपेश मिश्र, चन्द्रमा मिश्रविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (उपदफा ३) बमोजिम उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको छ ।
अनुसन्धान अधिकृत प्रहरी निरीक्षक शैलेन्द्र कुमार खड्काले अदालतको आदेशअनुसार अनुसन्धान अघि बढाइएको र फरार रहेका सबै व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको बताए । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: