Loktantra Khabar National Weekly
Ad

पानीमा डुबेर ३ बालिकाको मृत्यु, ४ जनाको उद्धार

लोकतन्त्र खबर
२७ आश्विन २०८२

रौतहट, `२७ असोज । रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।
गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो ।
सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गर्ने क्रममा ३ जना बालिकाको शव भेटिएको हो । सौजन्य अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस्: