Loktantra Khabar National Weekly
Ad

२५ वर्ष कैद तोकिएका कैदी चाबहिलबाट पक्राउ

लोकतन्त्र खबर
२६ आश्विन २०८२

काठमाडौँ । सुनधारा स्थित केन्द्रीय कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका ३८ वर्षीय प्रेम विश्वकर्मा छन् ।
उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनी जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा सुन्धाराबाट भागेका हुन् ।
बिहीबार पक्राउ गरेर उनलाई कारागार प्रशासनको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
उनलाई अदालतले २५ वर्ष कैद ठेकेको थियो । उनी ५ वर्ष जेल बसेको रेकर्डमा देखिएको छ । सौजन्य रातोपाटी

प्रतिक्रिया दिनुहोस्: