वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमा नयाँ अकाउन्ट सञ्चालनमा ल्याएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार उनले फेसबुक, एक्स (पुरानो ट्विटर) र इन्स्टाग्राममा नयाँ आधिकारिक अकाउन्ट खोलेकी छन् ।
यसअघिका प्रधानमन्त्रीहरूले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल ह्यान्डल नयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने प्रचलन थियो । तर, जेनजी युवा विद्रोहबाट सत्तामा आएकी प्रधानमन्त्री कार्कीले उक्त परम्परालाई तोड्दै नयाँ अकाउन्ट सञ्चालनमा ल्याएकी छन् । नयाँ अकाउन्ट सञ्चालनमा आएपछि सामाजिक सञ्जालमा विभिन्न प्रश्नहरू उब्जाएको छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव सुवास ढकालका अनुसार, प्रधानमन्त्रीको सचिवालयले नै नयाँ अकाउन्ट खोल्ने निर्णय गरेको हो । उनले भने, “सम्माननीय प्रधानमन्त्रीको सचिवालयबाट नयाँ अकाउन्ट सञ्चालन गर्ने निर्णय भयो । पुरानो आइडी पनि हामीसँग छ, तर नयाँ अकाउन्ट सञ्चालनमा ल्याइएको हो ।”
प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालले पुरानो अकाउन्टमा अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिहरू देखिने भएकाले नयाँ अकाउन्ट प्रयोग गरिएको बताए । उनले भने, “हामीले नयाँ ह्यान्डल प्रयोग गर्ने निर्णय ग¥यौँ । अर्को सरकार आएपछि यो अकाउन्ट हस्तान्तरण गर्नेछौँ ।”
खनालका अनुसार, अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले आइतबार मात्रै आएर एक्सको ह्यान्डल मात्र हस्तान्तरण गरेको छ । फेसबुक र इन्स्टाग्राम अकाउन्ट भने अझै हस्तान्तरण भएको छैन । त्यसैले फेसबुक र इन्स्टाग्राममा नयाँ अकाउन्ट खोलिएको उनले प्रस्ट पारे ।
हाल प्रधानमन्त्री कार्कीको सचिवालयसँग २एः)लभउब िर २ऊकगकजष्बिपबचपष् दुवै एक्स अकाउन्टको पहुँच छ । तर, प्राथमिकतामा २ऊकगकजष्बिपबचपष् ह्यान्डल प्रयोग गरिनेछ । खनालले भने, “आधिकारिक सरकारी सूचनाहरू २ऊकगकजष्बिपबचपष् बाट पोस्ट हुन्छन् र आवश्यक परेमा २एः)लभउब िबाट रिट्वीट गरिनेछ ।” फेसबुक र इन्स्टाग्राम व्यवस्थापनका लागि प्राविधिक टोलीसँग छलफल भइरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीको नयाँ अकाउन्ट सञ्चालनको निर्णयले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ । कतिपयले कार्कीको कदमलाई व्यक्तिगत ब्रान्डिङको प्रयासको रूपमा हेरेका छन् भने कतिपयले सरकारी निरन्तरताको सवालमा प्रश्न उठाएका छन् ।
सामान्यतया सरकारी अकाउन्टहरू नयाँ नेतृत्वलाई हस्तान्तरण गरिन्छ । यसरी सरकारी सञ्चारमा एकरूपता कायम राख्छ । तर, कार्कीको कदमले नयाँ परम्पराको सुरुवात गरेको देखिन्छ । प्रधानमन्त्री कार्यालयले भने निर्णय प्रधानमन्त्रीको व्यक्तिगत चाहनाअनुसार भएको र यसले पारदर्शिता कायम राख्ने दाबी गरेको छ । सौजन्य यात्रा डेली

