Loktantra Khabar National Weekly
Ad

बाढीले सडक बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग अवरुद्ध, एम्बुलेन्स चल्ने गरि डाईभर्सन निर्माण गर्न स्थानीयको माँग

लोकतन्त्र खबर
२० आश्विन २०८२

बखतियार अलि–
सर्लाही २० असोज । असोज १७ र १८ गते दुई दिन लगातार परेको मुसलधारे वर्षाका कारण सर्लाहीको विभिन्न पालिकाहरुमा ठुलो क्षति भएको छ । घर डुबानमा परेको हो । घरमा रहेका लताकपडा, खाधान्न, भाडाकुडा सबै थोक बाढीले बगाएर लगेपछि यहाका स्थानीयहरु दुख भोग्न बाध्य भएको छ । अविरल वर्षाले गर्दा सर्लाहीमा १ हजार भन्दा बढि घरधुरी डुबानमा परेको हो ।

 

बाढको पानीले घरआँगन डुबानमा परेपछि आईतवार देखि आफुहरु भोकभोकै बस्नु परेको कौडेना गाँउपालिका– ३ पर्सा टोलका स्थानीयहरुले गुनासो गरेका छन् । कौडेना गाँउपालिका तथा नेपाल सरकारबाट आफुहरुलाई कुनैपनि किसिमका राहत उपलब्ध नगराएको बाढी पिडित रामलखन महतोले गुनासो गरेको छ ।

 

कौडेना गाँउपालिकामा रहेको लखन्देही नदीको तटबन्ध कटान हुदा कौडेना गाउँपालिका वाड नम्बर ३ पर्सा टोलको ३ सय भन्दा बढि घरहरू डुबानमा परेको छ । कतिपय स्थानमामा वर्षाको पानीले निकास नपाउँदा दर्जनौँ घरमा पानी पसेको अवस्था छ ।

 

लखन्देखी खोलाले बाँध कटान गर्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिए पनि बाढी प्रभावित क्षेत्रका जनताले विगत ३ दिन देखि कष्टकर जीवन बिताई रहेको स्थानीयवासी प्रभु चौधरीले बताउनु भयो । कौडेना गाउँपालिका–३, मा लखन्देही खोलाको बाढीले करिव ६० देखि ७० मिटर सडक बगाएपछि पूर्वपश्चिम हुलाकी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ । आइतबार बिहान आएको ठुलो बाढीले कालोपत्रे सहितको सडक बगाएपछि पुर्वमा जनकपुर र पश्चिममा बिरगंज जोडने मुख्य सडक अवरुद्ध भएको हो ।

 

मधेशको बटमलाईन भनेको हुलाकी सडक बाढीले बगाएर लगेपछि सदरमुकाम मलंगवा देखि पूर्वपश्चिम हुलाकी राजमार्गमा आवागमन र यातायात ठप्प भएको छ । ७० मिटर कालोपत्रे सडक कटान भएपछि कौडेना सहित जिल्लाको पश्चिमी भेगमा पर्ने आधा दर्जन स्थानीयतह गोडैता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिका, बसवरिया गाँउपालिका, सदरमुकाम मलंगवा संगको आवागमन ठप्प भएको छ ।

 

आधा दर्जन पालिकाहरुमा बसोवास गर्ने स्थानीयवासीहरुको सदरमुकाम मलङ्गवा आउजाउ गर्न समस्या भएको छ । १ दर्जन पालिका जोडने मुख्य सडक कालोपत्रे बाढीले कटान भएकोले आवागमन र यातायात ठप्प भएपछि सुत्केरी महिला, बिरामी, औषधी उपचारमा ठुलो समस्या भईरहेको छ । एम्बुलेन्स मात्र भएपनि चलाउन सक्ने गरि डाईभर्सन निर्माण गरिदिनका लागि स्थानीयहरुले जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: