Loktantra Khabar National Weekly
Ad

स्कुटरले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते

लोकतन्त्र खबर
१९ आश्विन २०८२

काठमाडौं, १९ असोज । स्कुटरले ठक्कर दिँदा काठमाडौंको तिनकुनेमा एक जना ट्राफिक प्रहरी घाइते भएका छन् ।
तिनकुने सडक–खण्डको गैरीगाउँबाट कोटेश्वर तर्फ जाँदै गरेको बा.प्र. ०२–०५० प ४६०५ नम्बरको स्कुटरले ड्यूटीमा खटिएका प्रहरी जवान नवीन तामाङलाई ठक्कर दिएको हो ।
घाइते २३ वर्षका तामाङको सिभिल अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ताका नरेशराज सुवेदीले जानकारी दिए । तामाङका दुवै गोडा र कम्मरमा सामान्य चोट लागेको छ । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: