Loktantra Khabar National Weekly
Ad

काठमाडौं उपत्यका भित्रिन र बाहिरिन ३ दिनसम्म रोक

लोकतन्त्र खबर
१८ आश्विन २०८२

काठमाडौं,१८ असोज । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् ।
प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: