सर्लाहीको सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले कर्फयु आदेश जारी गरेको छ । जेनजीको प्रदर्शनको क्रममा आगजनी, ढुगांमुढा प्रहार साथै सार्वजनिक सम्पती माथि क्षति भएको बताउदै मलंगवा नगरपालिकामा मंगलवार २ बजे देखि अर्को आदेश जारी नभए सम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा (क) बमोजिम कर्फयु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले जनाएको छ ।
मलंगवा नगरपालिकाको टावर चोक, खानेपानी चोक, नगरपालिका चोक देखि उतरमा स्वास्थ्य कार्यालय सम्मको क्षेत्रमा कर्फयु आदेश जारी गरेको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्:

