Loktantra Khabar National Weekly
Ad

८ बुदे माग सहित बसवरिया गाँउपालिका घेराउ

लोकतन्त्र खबर
२३ भाद्र २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही २३ भाद्र । सर्लाहीको बसवरिया गाँउपालिका कार्यालय घेराउ गरिएको छ । नेपाली कांग्रेस बसवरिया गाँउकार्यपालिकाको कार्य समिति भवानीपुर सर्लाहीको नेतृत्वमा ८ बुंदे माग सहित बसवरिया गाँउपालिका घेराउ गरिएको हो ।

 

नेपाली कांग्रेस बसवरियाका सभापति लालबाबु महतोको नेतृत्वमा सैकडो पार्टीका नेता कार्यकर्ताहरुले प्लेकार्ड, तुलब्यानर सहित गाँउकार्यपालिकाको कार्यालय घेराउ गरिएको पार्टीका युवा नेता गजेन्द्र साहले जनाएको छ । कार्यालय घेराउ गर्नु भन्दा पहिला आक्रोशित स्थानीयहरुले पालिका अध्यक्ष रामसिंहासन राय यादव विरुद्ध चर्को नारावाजी गर्दै नगरपरिक्रमा समेत गरेको पार्टीले जनाएको छ ।

 

नेपाल सरकार भुमि समस्या समाधान आयोगले श्रावण ३० गते भुमिहिन नेपाली नागरिकलाई भुमि समस्या समाधान गर्न सूचना प्रकाशन गरेको छ । विगतका आयोग, समिति र कार्यदलका बाँकी कामको लागि निवेदन दिने भन्दै ३५ दिने सूचना प्रकाशन गरेको १ महिना बित्न लाग्दा समेत बसवरिया गाँउपालिका अध्यक्ष यादवले यसबारेमा कुनै चासो नलिएको भन्दै हामिहरु कार्यालय घेराउ गरेको गाँउपालिकाका पुर्व अध्यक्ष रामअयोध्या राय यादवले बताउनु भयो ।

 

पार्टीका युवा नेता विनोद रायले पालिकामा कर्मचारी तन्त्र हावि भएको बताउदै जनताको चाहना अनुसारको काम नभएको गुनासो गर्नुभयो । बसवरिया गाँउपालिका वार्ड नं. २ का वडाअध्यक्ष विन्देश्वर रायले ८ बुंदे माग सहितका ज्ञापन पत्र आज पालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउने छु ।

 

हाम्रो मागहरुमा सबै भुमिहिन दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने नागरिकको पहिचान गर्नको लागि असोज ३ गते भित्रमा प्रत्यक टोलमा कर्मचारी खटाउनु पर्ने । भुमिहिन दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गर्ने सबै नागरिकले सहज रुपमा निवेदन दिनका लागि वातावरण सहज बनाउनु पर्ने ।

 

सुख्खा क्षेत्र घोषणाको विषयमा श्रावण ९ गते बुझाईएको ज्ञापन पत्र माथि के–कति कारणले सुनुवाई भएन प्रष्ट पार्नुपर्ने । २ वर्ष पहिला नेपाली कांग्रेस गाँउ समितिले बुझाएको पत्र माथि किन कार्वाही भएन । भएको भए कुन–कुन बुंदा माथि कार्वाही भयो जवाफ दिनुपर्ने । प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेको निमुखा गरिब जनताको प्राश्रमिक ज्याला तुरुन्तै भुतmानी गर्नुपर्ने ।

 

आ.व. २०८१र०८२ को आयव्यय कुन शिर्षकमा के–कति रकम खर्च भयो सार्वजनिक गर्नुपर्ने । पालिकामा रहेका अधिकांस विधालयहरुमा भुईमा बसेर पठनपाठन भईरहेकोले सोको राम्रो व्यवस्थापन गर्नुपर्ने तथा किसानहरुका जग्गाको यथासिघ्र वर्गिकरण गर्नुपर्ने लगायतका मागहरु राखेर सोमवार कार्यालय घेराउ गरेको वडाअध्यक्ष विन्देश्वर रायले बताए । हाम्रो मागहरु तुरुन्तै पुरा भएन भने नेपाली कांग्रेस गाँउसमितिले पालिकामा तालाबन्दी गरेर अनिश्चितकालका लागि आन्दोलन गर्न बाध्य हुने पार्टीका युवा नेता गजेन्द्र साहले बताए ।

प्रतिक्रिया दिनुहोस्: