Loktantra Khabar National Weekly
Ad

भुमि विधेयक मधेशको जल, जंगल र जमिनलाई सखाप पार्ने षडयन्त्र–अध्यक्ष यादव

लोकतन्त्र खबर
१९ भाद्र २०८२

बखतियार अलि–
सर्लाही १९ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे र वन विनाशका कारण मधेस मरुभूमि बन्न थालेको बताएको छ । सर्लाहीको सदरमुकाम मलंगवामा एकताको प्रथम जिल्ला अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै वहाले यो कुरा बताएको हो । जलस्रोतको धनी देश नेपालमा पानीको अभाव हुनु दुर्भाग्यपूर्ण रहेको उनको भनाई छ ।

 

अध्यक्ष यादवले थप्दै भने सुकुम्वासी व्यवस्थापनका नाममा वर्तमान सरकार भूमि विधेयक ल्याएर मधेसको जल, जंगल र जमिनलाई सखाप पार्न खोजेको उनले आरोप लगाउनु भयो । चुरे विनाश गरेर बालुवा ढुगां गिटटीको अवैध कारोवार गरेर केहि व्यतिm अरबपती बनेको छ, भने चुरे विनासले गर्दा मधेसमा भूमिगत पानीको सतह समाप्त हुँदै गएकोले यहाका जनता पानी नपाएर दुख भोगि रहेको अध्यक्ष यादवको भनाई छ ।

 

भुमि विधेयक मधेशको जल, जंगल र जमिनलाई समाप्त गरि यो उर्वर भुमिलाई मरुभमि बनाउने योजनाका साथ सरकारले ल्याउन लागेकाले यो राष्ट्र र मधेश विरोधी वधेयक मधेशी जनतालाई कदापी स्विकार्य नहुने अध्यक्ष यादवले दाबी गर्नुभयो । सरकारले भूमि विधेयक फिर्ता लिनुपर्छ ।

 

बलपुर्वक मधेशी जनता माथि भूमि विधेयक लादन खोजे मधेशी जनता अब चुप लागेर बस्दैनन । मधेश अब सचेत भईसकेको वहाले जिकिर गर्नुभयो । एकताको प्रथम जिल्ला अधिवेशन उदघाटन समारोहमा पार्टीका केन्द्रिय सदस्य, प्रदेशका नेता तथा जिल्ला कार्य समितिका पदाअधिकारीहरुले सम्बोधन गरेका थिए । सर्लाही जिल्ला भरिबाट आएका सैकडो नेता कार्यकर्ताहरुको जिल्ला अधिवेशन उदघाटन कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: