Loktantra Khabar National Weekly
Ad

किराना पसलमै गाँजा बिक्री, श्रीमान–श्रीमती पक्राउ

लोकतन्त्र खबर
६ भाद्र २०८२

लोकतन्त्र समाचारदाता
सर्लाही ५ भद्र । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ त्रिवेणी चोकस्थित एक किराना पसलबाट लागुऔषध गाँजा बिक्री–वितरण भइरहेको अवस्थामा पसल सञ्चालक दम्पतीलाई प्रहरीले पक्राउ प्रहरीले जनाएको छ। ४५ वर्षीय रुपेश कुमार साह र उनकी ३५ वर्षीया श्रीमती प्रतिमा कुमारी (नुनु कुमारी) साह पक्राउ परेको हो । किराना व्यवसायको आवरणमा गाँजा बिक्री गर्ने कार्यमा संलग्न रहेको प्रहरीले बताए ।

 

गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको गएको प्रहरीले दुई बोरा गाँजा, बिक्रीका लागि तयारी अवस्थामा रहेका पुडिया र विभिन्न पोलिथिन झोलामा राखिएका करिब २० किलो गाँजा बरामद गरेका हुन ।

 

लागुऔषध सेवनकर्तासँग सोधपुछ गर्दा उसले त्रिवेणी चोकस्थित उक्त किराना पसलबाट गाँजा खरिद गरेको बताएपछि प्रहरीले गाजा सहित दुबैजनालाई पक्राउ गरेका थिए ।श्रीमान–श्रीमतीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ।लागुऔषधकै विवादका कारण ४० वर्षीय रामपुकार यादवको गोली प्रहार गरी हत्या भएको थियो। उक्त घटनापछि सर्लाही प्रहरीले लागुऔषध नियन्त्रण आफनो सकृयता बढाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: