Loktantra Khabar National Weekly
Ad

भरत ताल जाँदै गरेको मोटरसाइकल दुर्घटना ,तीनजना घाइते

लोकतन्त्र खबर
२७ श्रावण २०८२

लोकतन्त्र समाचारदाता—-
सर्लाही,साउन २७ गते  । सर्लाहीको बागमती नगरपालिका–१२ बथाने टोलस्थित भित्री सडक खण्डमा सोमबार साँझ दुई मोटरसाइकल एकआपसमा आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन्।

 

करिब साँझ ४ बजे बागमती पुलबाट भरत तालतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ गइरहेको प्रदेश–०२–०३–००१२ प २४३० नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा प्रदेश–०२–०३–००१२ प २४३० नम्बरको मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका–१० का १८ वर्षीय घनश्याम चौधरी सामान्य घाइते भएका छन्। उनलाई बागमती मोडेल अस्पताल, कर्मैयामा उपचारपछि इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ।

 

त्यसैगरी, बागमती प्रदेश–०२–०५७ प ७८७९ नम्बरको मोटरसाइकल चालक रौतहट दुर्गा भगवती गाउँपालिका–१ का १८ वर्षीय राजु चौधरीको दुबै हात र बायाँ खुट्टामा चोट लागी उपचारपछि डिस्चार्ज गरिएको छ।

 

सोही मोटरसाइकलमा सवार उनकी आमा ४५ वर्षीया राधिका देवी चौधरीको टाउको, ढाड र दुबै हातमा चोट लागी कर्मैया स्थित सभ्यता हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: