Loktantra Khabar National Weekly
Ad

वडाध्यक्ष साहको पहलमा जग्गा पाएपछि घरेलुको आफनै भवनको मन्त्रीद्धारा उदघाटन

लोकतन्त्र खबर
२५ श्रावण २०८२

रामगोबिन्द यादव–
सर्लाही २५ श्रावण । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको नव निर्मित भवनको (आइतबार) मलंगवा नगरपालिका–२ मा एक विशेष समारोहका बीच उद्घघाटन गरिएको छ । मधेश प्रदेशका उद्योग वाणिाज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले शिलालेख अनावरण गरि उद्धघाटन गर्नुभयो ।

 

मन्त्री कुशवाहाले उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै घरेलु कार्यालयले बिगतमा जस्तै उद्योग प्रवद्र्धन र बिकासमा उल्लेखनीय भुमिका निर्वाह गर्न तथा नयाँ भवनले सेवा प्रवाहलाई आधुनिक सरल, प्रभावकारी तथा सर्वसुलभ बनाउने बिश्वास ब्यक्त गरे ।

 

आर्थिक वर्ष २०८१÷८२ मा एक करोड ६४ लाख २७ हजार १८७ रुपियाँ बजेट खर्चिएर घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीको साँढे दुई तले भवन निर्माण गरिएको हो कार्यालयले जनाएको छ ।

 

भवन निर्माण कार्य हेम सावित्री जेभी, जनकपुर–७ ले सम्पन्न गरेको हो । यसका लागि रामकबिर मठले दुई कठा जग्गा प्रदान गरेको थियो । निर्माण सम्झौता २०७८ सालमा भएको थियो भने निर्माण कार्य २०८२ साल असार १५ गते सम्पन्न भएपछि भाडाको घरबाट घरेलु तथा साना उद्योग कार्यालय आइतवार आफनै भवनबाट सेवा सुचारु गरेको छ ।

 

मलंगवा नगरपालिका वार्ड नं.–२, का वडाध्यक्ष धीरेन्द्र साहको विशेष पहलमा रामकबिर मठल जग्गा प्रदान गरेका थिए । घरेलु तथा साना उद्योग कार्यालयको उद्घघाटन कार्यक्रममा कार्यालयका अधिकारी, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यापारी तथा सर्वसाधारणको उपस्थिती थियो ।

 

आयोजकका रुपमा घरेलु तथा साना उद्योग कार्यालय सर्लाही, मलंगवाले कार्यक्रम सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: