Loktantra Khabar National Weekly
Ad

बसबाट लडेर १३ वर्षीय विद्यार्थीको मृत्यु

लोकतन्त्र खबर
२३ श्रावण २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही, साउन २३ सर्लाहीको बरहथवामा बसबाट लडेर एक १३ वर्षे बालकको ज्यान गएको छ।

 

बिहीबार साँझ करिब ४:३० बजे बरहथवा नगरपालिका–८, टाँडीस्थित भित्री सडक खण्डमा कक्षा ३ मा अध्ययनरत घनकौल गाउँपालिका वडा न-३ हरकठवा निवासी निसार शेखका छोरा फैजान शेखको बसबाट लडेर मृत्यु भएको हो।

 

अनुसंधानमा संलग्न प्रहरीका अनुसार उक्त बालक बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको स्कुल बसको ढोकामा उभिरहेको अवस्थामा अचानक  लडेर गम्भीर घाइते भएका थिए।

 

घाइते अवस्थामा उनलाई बरहथवाको संकटमोचन अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज लगिएको थियो। तर, डाक्टरले राति ७ बजे उनलाई मृत घोषणा गरेका थिए।

 

दुर्घटनापछि प्रहरीले बस चालक बागमती नगरपालिका–१० निवासी २१ वर्षीय राज कुमार यादवलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बरहथवामा राखेर अनुसन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: