Loktantra Khabar National Weekly
Ad

बलरामा रक्सीको विषयलाई लिएर छुरा प्रहार, तीन जना घाइते

लोकतन्त्र खबर
२२ श्रावण २०८२

लोकतन्त्र समाचारदाता
सर्लाही, साउन २२ सर्लाहीको बलरा नगरपालिका–१ मा रक्सीको विषयलाई लिएर दुई समूहबीच झगडा हुँदा छुरा प्रहारबाट तीन जना घाइते भएका छन्। बुधबार राति करिब ९ बजे भएको विवादका क्रममा एक समूहले अर्का समूहमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

 

घाइतेहरूमा बलरा–१ निवासी २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन्।

 

धर्मवीर सहनीको पेटमा चोट लागेपछि उनलाई बलरा स्थित धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो। बाँकी दुई जनाको अवस्था सामान्य रहेको र उनीहरू घरमै उपचाररत रहेको प्रहरीले जानकारी दिएको छ। हाल तिनै जनाको अवस्था सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज भइसकेको जनाइएको छ।

 

छुरा प्रहार गरेका आरोपीहरु भारतका अमन सिंह, विकास सिंह, अटल राय र अवशेख सिंह घटना पछि फरार रहेको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: