Loktantra Khabar National Weekly
Ad

लालबन्दीमा ५ किलोभन्दा बढी गाँजा बरामद, एकजना पक्राउ, एक फरार

लोकतन्त्र खबर
२१ श्रावण २०८२

लोकतन्त्र समाचारदाता-
सर्लाही, साउन २० सर्लाहीको लालबन्दी नगरपालिका-१५ स्थित बोहोरे डाँडाबाट प्रहरीले ठूलो मात्रामा गाँजासहित एक युवकलाई पक्राउ गरेको छ भने अर्का व्यक्ति फरार भएका छन्।

 

आइतवार साँझ करिब सवा ४ बजे अस्थायी प्रहरी पोस्ट परवानीपुरबाट खटिएको टोलीले कालिन्जोरबाट परवानीपुरतर्फ जाँदै गरेको बा.प्र.०२-०३२ प ५९१२ नम्बरको च्१ मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको हो।

 

प्रहरी देखेपछि पछाडि सवार युवक मोटरसाइकलबाट हाम फालेर फरार भएका थिए भने चालक सर्लाही, लालबन्दी-१४ निवासी २१ वर्षीय संजित घिसिङ पक्राउ परेका हुन्।

 

घिसिङले बोकेको झोलाबाट रातो प्लास्टिकमा बेरिएको अवस्थामा ५ किलो ३३० ग्राम लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका घिसिङ, बरामद गाँजा र मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: