Loktantra Khabar National Weekly
Ad

सर्लाहीका चर्चित युवा नेता यादव र पण्डितले छाडे जसपा नेपाल

लोकतन्त्र खबर
१९ श्रावण २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही १८ साउन । सर्लाहीका दुइजना चर्चित युवा नेता जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी परित्याग गरेको छ ।

 

एक प्रेस नोट जारी गर्दै युवा नेताद्धय गणेश कुमार यादव र मुकेश कुमार पण्डितले एकैसाथ पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

 

२० वर्ष देखि वहा दुबै जना जसपा नेपालका सक्रिय कार्यकर्ता थिए । मधेश जनविद्रोहमा यो दुबै नेताले उल्लेखनीय भुमिका निर्वाह गरेका थिए । गएको चैतमा जसपा नेपाल सर्लाही जिल्ला कार्य समिति विघटन हुनुअघि हरिपूर्वा नगरपालिका निवासी यादव वरिष्ठ उपाध्यक्ष र मलंगवा नगरपालिका निवासी पण्डित उपाध्यक्ष थिए ।

 

पार्टीभित्र देखिएको गुट–उपगुट र अन्तरद्धन्द्धका कारण केन्द्रीय समितिलाई बारम्बार जानकारी गराउँदा पनि सुनुवाई नगरेको कार्यकर्ताहरु बिच रहेको मनमुटावलाई साम्य पार्न कुनै पहल नभएको भन्दै दुबैजनाले एकसाथ पार्टी छाडेको जनाएको छ ।

 

आन्तरिक द्धन्द्ध र पुराना कार्यकर्ताको कुरालाई पार्टीले बुझने प्रयास नगरेको वहाहरुको आरोप छ । पार्टीमा बसिरहँदा राजनीतिक भविष्य समाप्त हुने भन्दै आफुहरु राजिनामा दिएको दुवै नेताले प्रेस नोटमा उल्लेख गरेको छ ।

 

यादव र पण्डितले अहिले सम्मको राजनीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आजैका मितिदेखि जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको बताएका छन् । जसपा नेपाल परित्याग गरेका उनीहरु आगामी दिनमा अन्य राजनीतिक दलमा प्रवेश गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

 

जसपा नेपालका कृयाशिल कार्यकर्ताको रुपमा रहेको गणेश कुमार यादव र मुकेश कुमार पण्डितले एकैसाथ पार्टी छाडदा पार्टीलाई ठुलो छति भएको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: