बखतियार अलि
सर्लाही १८ श्रावण । नेपाल अडिटर्स एशोसिएशन (अडान) सर्लाहीले २० औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाएको छ । स्थापना दिवसको अवसरमा अडान सर्लाहीका अध्यक्ष शत्रुघन सिंहले आज आईतवार बालमंदिर मलंगवामा रहेका अनाथ बाल–बालिकाहरुलाई फलफुल तथा खाजा बितरण गर्नुभयो ।
कर तथा कर विवरणमा भएका परिवर्तनका सेसनहरु बारे अडान सर्लाहीका अध्यक्ष सिंहले जिल्ला भरिका रजिष्टर्ड अडिटर्सहरु संग आईतवार एक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा छलफल तथा सल्लाह सुझाव संकलन कार्य गरेका हुन् ।
छलफल कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले भने राज्यमा सुशासन कायम गर्न रजिष्टर्ड अडिटर्सहरुको ठुलो भुमिका रहेको बताउनु भयो । प्रमुख सिंहले थप्दै भने स्थानीयतहले सामुदायिक बिधालयहरुको अडिट गर्न प्रकाशन गर्ने सूचना अपारदर्शी भएको गुनासो आएकाले यस प्रति स्थानीयतह सचेत हुनुपर्ने प्रमुख सिंहको भनाई छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका निमित प्रमुख ध्रुवप्रकाश वि.क.ले अडान सर्लाहीले मनाउदै गरेको २० औं स्थापना दिवसको पुर्ण सफलताको कामना गर्दै सर्लाहीका रजिष्टर्ड अडिटर्सहरुलाई जस्तो सुकै सहयोग चाहेको खण्डमा आफुहरु दिन तयार रहेको बताउनु भयो ।
देशभर रहेका लेखापरीक्षकहरुको साझा संस्था नेपाल अडिटर्स एशोसियन (अडान) का सदस्यहरु बिच जनचेतना नपुगेको समन्वय नभएका कारण जिल्लाका रजिष्टर्ड अडिटर्सहरु बिच एक प्रकारको मतभिन्नता देखिएको अडानका केन्द्रिय प्रतिनिधी उग्रकान्त झाले चिन्ता व्यतm गर्नुभयो ।
रजिष्टर्ड अडिटर्सहरु बिच नियमित छलफल तथा सहकार्य हुनुपर्ने कुरामा केन्द्रिय प्रतिनिधी झाले जोड दिनुभयो । नेपाल अडिटर्स एशोसिएशन (अडान) सर्लाहीले मनाएको २० औं स्थापना दिवसको अवसरमा भएको विभिन्न कार्यक्रममा अडानका जिल्ला उपाअध्यक्ष वैजनाथ सिंह, केन्द्रिय प्रतिनिधीद्धय योगेन्द्र राय, रामेश्वर तिमलसिना, प्रदेश प्रतिनिधी शंकर बहादुर राउत, रामविनय राय लगायत पदाअधिकारीहरुको उपस्थिती रहेको थियो ।
नेपाल अडिटर्स एशोसिएशन (अडान) सर्लाहीका कोषाध्यक्ष सत्यनारायण ठाकुर लगायत संचारकर्मी समेतको कार्यक्रममा उपस्थिती रहेको छ । कार्यक्रमको संचालन अडानका सर्लाही जिल्ला सचिव सुरेन्द्र कुमार लालले गर्नु भएको थियो ।

