Loktantra Khabar National Weekly
Ad

चिकित्सक माथि अभद्र व्यवहार, मलंगवा अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प

लोकतन्त्र खबर
७ श्रावण २०८२

प्रादेशिक अस्पताल मलंगवामा आकस्मिक बाहेक सबै सेवा ठप्प पारिएको छ । हिजो राती सोमबार ८ बजे अस्पतालको इर्मेजेन्सी वार्डमा कार्यरत वरिष्ठ चिकित्सक हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.कृष्ण जंग शाह माथि अभद्र व्यवहार भएको थियो ।

 

उक्त घटनामा संलग्न व्यक्तिहरुलाई छानबिन तथा कार्वाही नभए सम्मका लागि भन्दै ओपिडी सेवा बन्द गरिएको जानकारी अस्पतालले दिएको छ । अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णयले बिरामीमा परेको असुविधा प्रति प्रशासनले क्षमा समेत मागेको छ ।

 

नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्की स्वास्थ्यकर्मी सुरक्षा ऐनमा भएको व्यवस्था कार्यान्वयनमा ढिलाई भएको बताउँछन् । ऐन कार्यान्वयमा राज्य चुकेका कारण दिनहुँ जसो स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार हुने गरेको उनको धारणा छ ।

 

वीर अस्पतालबाट केही समय अगाडि मात्रै दुर्गममा सेवा दिने लक्ष्यका साथ मलंगवा अस्पताल पुगेका वरिष्ठ चिकित्सक हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.कृष्ण जंग शाह माथि अभद्र व्यवहार गर्ने माथि निःशर्त कारवाही गर्नु पर्नेमा उनी जोड दिन्छन् ।

 

‘राजनीतिक संरक्षण, गुण्डागर्दी तथा लेनदेनको आडमा स्वास्थ्यकर्मी माथि अभद्र व्यवहार हुनु ज्यादै दुखद रहेको, डा कार्कीले भने, ‘पछिल्लो समय आएका नयाँ नयाँ कानुन तथा अदालतका फैसलाले यस्ता घटनालाई अझै बढावा दिएको छ’ यस्ता घटना कम गराउनका लागि स्थानीय निकाय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतका निकायहरु संवेदनशील हुनु पर्छ ।’

 

आधारभुत स्वास्थ्य तथा विशिष्टीकृत सेवालाई सबैको पहुँचमा पुर्याउनका लागि स्वास्थ्यकर्मी माथि हुने यस्ता व्यवहार पूर्णरुपमा हट्नुपर्ने उनको जिकिर छ । पिडित पक्ष नै बिरामीका मान्छेहरु भन्ने भाष्य निर्माण गरिनु एकदमै गलत भएको उनको भनाई रहेको छ । सौजन्य स्वास्थ्य खबर

 

प्रतिक्रिया दिनुहोस्: