Loktantra Khabar National Weekly
Ad

खाने पानीको समस्या तत्काल समाधान गर्न प्रजिअ श्रेष्ठको निर्देशन

लोकतन्त्र खबर
६ श्रावण २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही ०६ श्रावण । सर्लाहीको सदरमुकाम मलंगवामा खानेपानीको चरम आभाव भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सरोकारवाला कर्मचारी मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादव लगायत वडाअध्यक्षहरु संग पानीको समस्या समाधानको विषयमा छलफल गर्नु भएको छ ।

 

मलंगवा नगरपालिकामा रहेका अधिकांस चापाकल सुकिसकेका छन । प्रयाप्त सिंचाइको सुविधा नहुदा तथा पानी नपर्दा धानवालीको रोपाई समेत नभएपछि किसानहरु समस्यामा परेकोले यावत समस्या समाधानका लागि तत्काल पहल गर्न प्रजिअ श्रेष्ठले जनप्रतिनिधीहरु संग आग्रह गर्नुभयो ।

 

पछिल्ला समय जिल्लामा देखिएका खानेपानीको आभावलाई मध्ये नजर गर्दै खानेपानी डिभिजन कार्यालय, खानेपानी संस्थानका कर्मचारीहरुलाई खानेपानीको आभावलाई सहज रुपमा पुर्ती गर्न प्रजिअ श्रेष्ठले निर्देशन दिनु भएको छ ।

 

खानेपानीको समस्या तत्काल समाधान गर्न ४ बुदें निर्णय गर्दै पानीको समस्या समाधान गर्न छलफलमा उपस्थित सबै सरोकारवाला निकाय जनप्रतिनीधिलाई वहाले आग्रह गर्नु भएको हो । मलंगवा नगरपालिकामा खानेपानीको वास्तविक अवस्था यकिन गरि खानेपानीको आपुर्ती सहज बनाउन निर्णय भएको छ ।

 

खानेपानीको पाईप जडान, धारा जडान कार्यलाई तिव्रता दिन खानेपानी डिभिजन कार्यालय, खानेपानी संस्थानका कर्मचारी तथा विधुत प्राधिकरण संग समन्वय गरि पानीको समस्या समाधानका लागि गृह कार्य गर्न निर्णय भएको छ ।

 

त्यस्तै नगर क्षेत्र भित्र डिप बोरिंग समरसेवल सरोकारवाला निकाय संग समन्वय गरि प्रत्येक वडामा रहेका सरकारी जग्गामा जडान गर्न र यसको लागि सबै निकायले सहयोग र समन्वय गर्ने निर्णय भएको हो ।

 

मागका आधारमा नगरक्षेत्र भित्र रहेका घना बस्तीमा टयांकर तथा ट्रयाक्टरबाट पानी वितरणको व्यवस्था तत्काल मिलाउन खानेपानी संस्थान र मलंगवा नगरपालिकाले व्यवस्था मिलाउन निर्णय भएको छ ।

 

खानेपानीको वैकल्पित व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तह, प्रदेश सरकारका निकायहरु, संघिय निकायहरु र नीजि क्षेत्र, उधोग वाणिज्य संघ लगायतका संस्थाहरुलाई सहजीकरण गर्न अनुरोध गर्ने भनि बैठकबाट निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: