Loktantra Khabar National Weekly
Ad

मलंगवामा जनता समाजवादी पार्टीद्वारा लाठी-भराटा जुलुस

लोकतन्त्र खबर
५ श्रावण २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही, साउन ४ । जनता समाजवादी पार्टी सर्लाहीको आव्हानमा आइतवार दिउँसो सदरमुकाम मलंगवामा विशाल लाठी-भराटा जुलुस निकालिएको छ ।

 

केही दिनअघि पार्टीका मधेश प्रदेश अध्यक्ष एवं पूर्व विधायक अशोक यादव र सर्लाहीका प्रहरी प्रमुखबीच फोन संवादमा भएको विवाद पछिको घटना क्रमका विरुद्धमा सो जुलुस निकालिएको हो ।

 

पार्टीका नेता सोहन झा का अनुसार अशोक यादव माथि राज्यले लगाएको विभिन्न मुद्दाहरुको खारेजी गर्दै निष्पक्ष छानबिन समिति गठन गरिनु पर्ने, सत्य तथ्य बाहिर ल्याइनु पर्ने र दोषीमाथि कानुनी कारबाही हुनु पर्ने माग सहित विरोध स्वरूप जुलुस प्रदर्शन गरिएको हो ।

 

उक्त जुलुस मलंगवा(१० स्थित जिल्ला प्रशासन कार्यालय अगाडि रहेको तीन बिघे मैदानबाट सुरु भई नगरका विभिन्न भागको परिक्रमा गर्दै सम्पन्न भएको थियो । जुलुसमा सयौंको संख्यामा महिला तथा पुरुषहरुको सहभागिता देखिएको थियो ।

 

यस अघि, गत बुधबार साँझ पार्टीले मसाल जुलुस समेत निकालेर आफ्ना मागहरू प्रति सरकारको ध्यानाकर्षण गराइ सकेको छ । माग सम्बोधन नभए सम्म पार्टीले आन्दोलन जारी राख्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: