Loktantra Khabar National Weekly
Ad

स्वास्थ्य कार्यालय सर्लाहीको सोफट वेयर खरिदमा अनियमिता अख्तियारमा उजुरी

लोकतन्त्र खबर
१ असार २०८२

बखतियार अलि–
सर्लाही १ असाढ । स्वास्थ्य कार्यालय सर्लाहीको सोफट वेयर खरिदमा अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसंन्धान आयोगमा उजुरी परेको छ ।

 

आर्थिक वर्ष २०८१/०८२ को सशर्त कार्यक्रम अन्तरगत १८ लाख बजेटबाट हेल्थ पोष्टहरुको रेकर्ड रिर्पोटिंग गर्ने उदेश्यले सोफट वेयर खरिद गर्ने योजना रहेको छ ।

 

जुन योजनामा अनियमितता भएको भन्दै उजुरी परेपछि उक्त सोफट वेयर खरिद गर्ने कार्यको प्रकृया तत्कालको लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय सर्लाहीमा कार्यरत एकजना कर्मचारीले बताए ।

 

सशर्त योजना अन्तरगत EHMIS नामक सोफट वेयर खरिद गरि स्वास्थ्य संस्था र स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरुमा अनलाईन प्रविधीबाट सम्पुर्ण कार्य विवरण पोष्ट गर्नुपर्ने कार्यक्रम थियो ।

 

अख्तियार दुरुपयोग अनुसंन्धान आयोगमा EHMIS नामक सोफट वेयर खरिदमा अनियमितता भएको भन्दै उजुरी परेपछि EHMIS  नामक सोफट वेयर खरिद कार्यक्रम संचालनमा अन्यौल देखिएको छ ।

 

मधेश प्रदेश सरकार जनसंख्या मन्त्रालय मार्फत प्रदेशका ८ वटै स्वास्थ्य कार्यालयहरुमा १८ लाखको दरले सोफट वेयर खरिद गर्न १ करोड ४० लाख रुपैया विनियोजन गरिएको पत्रचार भएपछि सोफट वेयर खदिर गर्न प्रकृया अगाडी बढेको थियो ।

 

अख्तियामा उजुरी परेपछि EHMIS नामक सोफट वेयर खरिद गर्ने कार्यको सम्पुर्ण प्रकृया हालको लागि रद्ध गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । अब असाढ मसान्त चालु भएको छ ।

 

सोफट वेयर खरिद गर्ने कार्यको प्रकृया पुरा गर्न र अनलाईन अपडेट गर्ने कार्यको लागि समय प्रयाप्त नरहेकोले सोफट वेयर खरिद गर्ने कार्यको बजेट फ्रिज हुने निश्चित रहेको स्वास्थ्य कार्यालय सर्लाहीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: