Loktantra Khabar National Weekly
Ad

अध्यक्ष प्रत्यासी साहद्धारा मनुष्मारा नदीको संरक्षणको अपिल

लोकतन्त्र खबर
२५ जेष्ठ २०८२

बखतियार अलि–
सर्लाही २४ जेष्ठ । जमिन मुनिको पानीको सोयाबाट निर्मित करिब ५ सय वर्ष पुरानो मनुष्स मारा नदीको मुहान अहिले प्रदुषणको कारण सुक्न लागेको भन्दै बसवरिया गाँउपालिकाका अध्यक्ष पदका प्रत्यासी समाज सेवी गजेन्द्र साहले चिन्ता व्यतm गर्दै नदीको संरक्षणको लागि सबै पक्ष संग अपिल गरेको छ ।

 

सर्लाहीको ७ वटा स्थानीय तह बरहथवा नगरपालिका, बसवरिया गाँउपालिका, गोडैता नगरपालिका, बिष्णु गाँउपालिका, धनकौल गाँउपालिका, रामनगर गाँउपालिका र बलरा नगरपालिकाका जनताले वर्षै देखि यहि नदिको पानीबाट सिंचाई गर्दै आएको हो ।

 

जमिन मुनिको पानीको सोयाबाट बग्ने यो मनुष्स मारा नदीको मुहान प्रदुषण र हावा पानी परिवर्तनले गर्दा अहिले सुक्न थालेको प्रति नेता साहले चिन्ता व्यतm गर्दै मनुष्स मारा नदीको संरक्षणमा जुटन सबै पक्ष संग अपिल गरेको छ ।

 

सर्लाही जिल्लावासीको लागि मनुष्स मारा नदी ईश्वरको वरदान हो । अमृत तुल्य शुद्ध र सफा पानी यो नदीमा पाईन्छ । केहि समय यता देखि विना दुर्गामी असरलाई अध्यण गरि गरिने विकास निर्माण, फोहर व्यवस्थापन रपलास्टिक जन्य पदार्थ नदीमा फाल्ने प्रवृतिका कारण यो नदीको मुहान सुक्न लागेको नेता साहको भनाई छ ।

 

अहिले पनि समय बाकी छ, मनुष्स मारा नदीको सर–सफाईमा सरोकारवालाहरुको ध्यान केन्द्रित भयो भने यो नदीलाई हामिले बचाउन सकिन्छ । अन्यथा केहि वर्षमा यो नदीको मुहान पुर्ण रुपमा सुक्न सकने जोखिम बढदै गएको छ । मनुष्स मारा नदीको मुहान सुकियो भने यसको प्रत्यक्ष असर सर्लाहीका ७ वटा पालिकाहरुमा देख्न सकिन्छ ।

 

किसानलाई प्रमुख सिंचाई गर्न ठुलो समस्या हुनेछ, भने लाखौ मानिसहरुलाई खाने पानीको अभाव समेत सृजना हुनेछ । यसैले गर्दा समय अगावै मनुष्स मारा नदीको सफाई र संरक्षण गर्न हामि सबै जिल्लावासी यसमा लाग्नु पर्ने नेता साहले सबै सरोकारवालाहरु संग अपिल गर्नु भएको हो । मनुष्स मारा नदीको सरसफाई र संरक्षणमा जुटन संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई साहले आग्रह गर्नु भएको छ ।

 

तीन तहका सरकारले मनुष्स मारा नदीको संरक्षण र सफाईमा पहल गरेन भने सर्लाहीका लाखौ जनता मनुष्स मारा नदीको बचावको माग गर्दै आन्दोलन गर्न बाध्य हुने नेता साहले चेतावनी समेत दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: