
बखतियार अलि–
सर्लाही २० जेष्ठ । महालेखा परिक्षकको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन अनुसार सर्लाही जिल्लामा रहेका २० वटा स्थानीय निकायहरु मध्ये सबै भन्दा बढि बेरुजु बागमती नगरपालिका र गोडैता नगरपालिकाको रहेको छ ।
गाँउपालिकाहरु मध्ये अहिले सम्मकै सबै भन्दा बढि बेरुजु बसवरिया गाँउपालिकाको रहेको महालेखा परिक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सर्लाहीमा रहेको ११ वटा नगरपालिका मध्ये सबै भन्दा बढि बेरुजु बागमती नगरपालिकाको २० करोड ४२ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८०र०८१ को जम्मा बिनियोजित बजेटको १३.३१ प्रतिशत रकम बेरुजु भएको तथ्यांकमा देखिएको छ । बेरुजु हुनेमा गोडैता नगरपालिका दोस्रो भएको छ । गोडैता नगरपालिकाको आर्थिक वर्ष २०८०र०८१ मा बिनियोजित कुल बजेटको १२.२५ प्रतिशत बजेट जनही १३ करोड ३५ लाख ८३ हजार रकम बेरुजु रहेको प्रतिवेदनमा भनिएको छ ।
सर्लाहीमा रहेको गाँउपालिकाहरु मध्ये सबै भन्दा बढि बेरुजु बसवरिया गाँउपालिकाको रहेको छ । आर्थिक वर्ष २०८०र०८१ को जम्म बजेटमा ८.४० प्रतिशत बजेट बेरुजु देखिएको हो । ५ करोड ९६ लाख ४६ हजार रकम बेरुजु देखिएपछि बसवरिया गाँउपालिका ९ वटा गाँउपालिकाहरुमा प्रथम स्थान प्राप्त गरेको छ, भने २० वटै स्थानीय तहहरुमा तेस्रो स्थान बसवरिया गाँउपालिकको रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ११ वटा नगरपालिकाहरुमा सब भन्दा कम बेरुजु लालबन्दी नगरपालिका ०.६६ प्रतिशत १ करोड ३९ लाख ७५ हजार रहेको छ ।
दोसोमा बेरुजु कम हुनेमा हरिवन नगरपालिका रहेको छ । हरिवनको बेरुजु रकम ०.८७ प्रतिशत १ करोड ६१ लाख ७१ हजार छ । त्यस्तै तेस्रोमा हरिपुर्वा नगरपालिका छ । हरिपुर्वाको बेरुजु १.८९ प्रतिशतले १ करोड ७ लाख ५ हजार रहेको छ । अन्य पालिकाहरुमा अलि बढि बेरुजु देखिएको ईश्वरपुर नगरपालिका हो ।
जसको बेरुजु रकम ४.३० प्रतिशतले ७ करोड ७१ लाख १७ हजार छ । कविलासी नगरपालिकाको बेरुजु ४.२५ प्रतिशत जम्मा बेरुजु ६ करोड २६ लाख १४ हजार छ । बरहथवा नगरपालिकाको ३.१० प्रतिशतले बेरुजु रकम ५ करोड ८८ लाख ७४ हजार रहेको छ । बलरा नगरपालिकाको ३.८४ प्रतिशतले बेरुजु रकम ५ करोड २५ लाख ३८ हजार छ । मलंगवा नगरपालिकाको २.३० प्रतिशतले ३ करोड २० लाख ५८ हजार बेरुजु छ । हरिपुर नगरपालिकाको २.०६ प्रतिशतले २ करोड ५६ लाख ४७ हजार बेरुजु देखिएको छ ।
९ वटा गाँउपालिकाहरुमा सबै भन्दा कम बेरुजु बिष्णु गाँउपालिकाको रहेको छ । बिष्णुको ०.२७ प्रतिशतले बेरुजु रकम २१ लाख ७१ हजार मात्र रहेको छ । तेसपछि सबै भन्दा कम बेरुजु हुनेमा चक्रघटा गाँउपालिका छ । चक्रघटाको ०.८५ प्रतिशतले बेरुजु रकम ८१ लाख २३ हजार छ । तेस पछि कौडेना गाँउपालिका छ । कौडेनाको १.२१ प्रतिशतले बेरुजु रकम १ करोड ८ लाख १० हजार छ । ब्रहम्पुरी नगरपालिकाको बेरुजु २.४४ प्रतिशतले २ करोड ४७ लाख ५० हजार छ ।
तेस्तै रामनगर गाँउपालिकाको २.७३ प्रतिशतले बेरुजु रकम २ करोड ३८ लाख ९९ हजार छ । तेस पछि पर्सा गाँउपालिकाको ३.८३ प्रतिशतले बेरुजु रकम २ करोड २८ लाख ७७ हजार छ । बसवरिया पछि बढि बेरुजु देखिएको गाँउपालिकाहरुमा चन्द्रनगर गाँउपालिकाको ६.१४ प्रतिशतले बेरुजु रकम ६ करोड २१ लाख ६० हजार रहेको छ । यस पछि धनकौल गाँउपालिका रहेको छ । धनकौलको ५.११ प्रतिशतले बेरुजु रकम ४ करोड ५३ लाख ३३ हजार रहेको छ ।