Loktantra Khabar National Weekly
Ad

संचार जगतकाे बिकासमा योगदान  पुर्याएका सर्लाहीका दुई पत्रकार सम्मानित

लोकतन्त्र खबर
११ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता —
सर्लाही,१० जेष्ठ सर्लाहीको लालबन्दीमा फोटो पत्रकारिता तालिम सम्पन्न  भएको छ ।

लालबन्दी नगरपालिकाको आर्थिक सहयोग तथा सगरमाथा नेपाल लालबन्दी-७ को आयोजना जेष्ठ १ गते देखि सुरु भएको तालिम आज सम्पन्न भएको छ ।

१० दिने तालिममा फोटो पत्रकारिताको महत्त्व,आचारसंहिता, फोटोले गरेको परिवर्तन लगायतका विषयमा चर्चा गरिएको थियो ।

समापन कार्यक्रममा मलंगवा बाट प्रकाशित लोकतन्त्र दैनिक पत्रिकाका संचालक तथा एभिनयुजकर्मी बख्तियार अलि र लालबन्दी बाट संचालित पत्रिका सर्लाही अवाजका संचालक गोमा कुमारी खतिवडालाई समाज र संचार जगतकाे बिकासमा पुर्याउनु भएकाे याेगदानकाे कदर गर्दै  प्रशंसा पत्र प्रदान गरि सम्मान गरेको छ । प्रशंसा पत्र प्रमुख अतिथि लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीले प्रदान गर्नुभयो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख  अधिकारीले संचार निति ल्याउन मस्यौदा तयार गरिने बताउनुभयो । लालबन्दी नगरपालिकाले नगर भित्रका पत्रकार तथा मिडिया हाउसलाई सहजीकरण गर्न संचार निति ल्याउने नगर प्रमुख अधिकारीले बताउनुभयो ।

कार्यक्रममा तालिमका प्रशिक्षक देवराज पन्त नेपाल प्रेश युनियनका अध्यक्ष कृष्ण थपलीया,नेपाल पत्रकार महासंघका सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, सचिव सोम दियाली, तालिमका सहभागी दिपक बादसाह लगायतका व्यक्तिले मनतव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्: