
मैथिल प्रवद्र्वन समिति सर्लाही मलंगवाको नव निवार्चित पदाधिकारीको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
मलंगवा स्थित नव निर्मित बिद्यापति सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरेर पदस्थापन तथा प्रमाण पत्र वितरण गरिएको हो ।
गत चैत्र ३१ गते भएको निर्वाचनले नरेश झा अध्यक्ष रहने गरी २५ सदस्य पदाधिकारीको सर्वसहमत चयन गरिएको थियो । जसको बरिष्ठ उपाध्यक्ष संजय झा, उपाध्यक्ष बंदना झा, सचिब मुकेश मिश्र, सहसचिव ओमप्रकाश शर्मा, कोेषाध्यक्ष सचिन्द्र कुमार झा, सदस्य आकाश कुमार मिश्र लगायत समितिलाई पद तथा गोप्यनियताको सपथ ग्रहण गरेका हुन् ।
नव निर्वाचिति पदाधिकारीलाई निर्बाचन अधिकृत अमरकान्त झाले प्रमाण पत्र प्रदान गर्नुभएको हो । मैथिल प्रवद्र्वनका निर्वाचन समितिका उग्रकान्त झाले सपथ ग्रहन गराएका हुन् ।
निर्वतमान अध्यक्ष उमेशचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाहीका विभिन्न ठाउँका मैथिल ब्रहमणहरुको उपस्थ्तिी रहेको थियो ।
संस्थाका उपाध्यक्ष एवम् नेपाल पत्रकार महाँ संघका जिल्ला उपाध्यक्ष बन्दना झाले नयाँ नेतृत्वलाई सफल बनाउने र जिल्लाभरि मैथिली सिर्जनशीलता र एकतालाई अझ बलियो बनाउने प्रतिवद्धता व्यक्त गरे।