
बखतियार अलि–
सर्लाही, ८ चैत्र । वित्तीय सचेतना र साक्षरताको प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल मनी वीक २०२५ विशेष कार्यक्रमका साथ आज सर्लाहीको सदरमुकाम मलंगवामा प्रभातफेरी नगर परिक्रमा गरिएको छ ।
सदरमुकाम मलंगवामा संचालनमा रहेका कमर्सियल, बिकास बैक, फाईनान्स र मलंगवा बैंकर्स जस्ता नेपाल बैकं लिमिटेड, कृषि विकास बैंक लगायत एनआईसी एसिया, नोबेल बैंक, प्रभु बैंक, कुमारी बैंक शाखा मलंगवाका वित्तीय संस्थाहरूले प्रभात फेरि नगर परिक्रमा गरि मलंगवाको शिव सागर चोकमा कोणसभा गरेको छ ।
“थिङ्क बिफोर यू फलो, वाइज मनी टुमरो“ (सोचेर अघि बढौं, बुद्धिमानीपूर्ण आर्थिक निर्णय गरौं) भन्ने नाराका साथ, प्रभात फेरि गरिएको मलंगवा बैकर्स एसोसिएसनका अध्यक्ष विशेसवर नायकले बताउनु भयो ।
यो अभियानले युवाहरूलाई वित्तीय ज्ञान प्रदान गर्न र उनीहरूको भविष्यलाई सुरक्षित बनाउन अभिप्रेरित गर्ने उद्देश्यका साथ यो कार्यक्रम गएिको नायकको भनाई थियो । कार्यक्रममा सहभागि कुषि विकास बैक मलंगवाका प्रबन्धक बिरेन्द्र साहले भने वित्तीय साक्षरता अहिलेको युगमा अनिवार्य हुन पुगेको छ ।
मानिसहरूले आफ्नो खर्च, बचत, लगानी, र ऋण व्यवस्थापनबारे उचित ज्ञान नपाउँदा आर्थिक समस्याहरूको सामना गर्नुपर्छ । यस्तो अवस्थामा ग्लोबल मनी वीक जस्ता कार्यक्रमहरूले सही वित्तीय निर्णय लिनलाई ग्राहकलाई अभिप्रेरित गर्ने विचारका साथ यो कार्यक्रम गएिको प्रबन्धक साहको भनाई छ ।
कोणसभामा उपस्थित नोबैल बैंकका प्रबन्धक अभिजित सुबेदीले भने विशेष गरी, बैंक तथा वित्तीय संस्थाहरूले बजेट बनाउन र बचत गर्ने सही तरिका सिकाउने र अनावश्यक ऋण र वित्तीय ठगीबाट जोगिन सल्लाह प्रदान गर्ने देखि लिएर शिक्षा, घर किन्नु, वा सेवा निवृत्तिको योजना बनाउन मद्दत पुर्याउने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
नेपाल बैक लिमिटेड शाखा मलंगवाका प्रबन्धक साधु शरण मण्डलले भने उचित लगानी रणनीति अपनाउन सहयोग पुगोस र बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय व्यवस्थापनबारे ग्राहकले जानकारी मिलोस भन्ने बिचारका साथ यो कार्यक्रम गरिएको छ ।
यो कार्यक्रमबाट युवा विद्यार्थीहरूलाई बचत र लगानीको महत्त्वको विषयमा वित्तीय विशेषज्ञहरूले डिजिटल बैंकिङ, मोबाइल ट्रान्जेक्सन, र समावेशी वित्तीय सेवाहरूबारे जानकारी प्रदान गर्ने उदेश्य लिएको उनले भने । मलंगवाकासबै कमर्सियल, बिकास बैक, फाईनान्स र मलंगवा बैंकर्सले यस अभियानमा सक्रिय सहभागिता जनाउँदै ग्राहकहरूलाई वित्तीय साक्षरता बढाउने विभिन्न उपायहरू अवलम्वन गरोस भन्ने चाहना बमोजिम ग्लोबल मनी वीक २०२५ मनाएको छ ।
“थिङ्क बिफोर यू फलो, वाइज मनी टुमरो“ भन्ने नाराले व्यक्तिहरूलाई आफ्नो वित्तीय भविष्यबारे सोच्न प्रेरित गराउन बैकर्स एसोसिएसनको चाहना रहेको छ । समग्रमा, वित्तीय साक्षरताको बढ्दो आवश्यकतालाई आत्मसात् गर्दै बैंक, विद्यालय, र समुदायहरूले सहकार्य गर्दा समृद्ध समाज निर्माण गर्न सकिन्छ भन्ने आशाका साथ यो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।