
विद्यानन्द राय—- सर्लाही,भदौ २
दाजुभाइको दिर्घायुको कामना गर्दै भोली जनैपूणिर्मा अर्थात रक्षाबन्धन पर्व मनाइदैंछ।
यसदिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा रक्षासुत्रको रुपमा राखी बाँँधेर आशिर्वाद दिने गरेका छन् ।
यसदिन दिदीबहिनीहरु बिहान सबेरै उठेर नुहाइधुवाई गरि आ-आफ्नो दाजुभाइको हातमा राखी बाँधेर मिठो मिठो परिकार बनाएर खुवाउने गरेका छन् ।
दिदीबहिनीले रक्षासुत्रको रुपमा राखी बाँधेर इश्वरसँग दाजुभाइको लामो आयुको कामना गर्ने गरेका छन् ।
यो पर्व साउन महिनाको पुर्णिामा तिथिमा मनाइने गरिन्छ ।
बजारमा यतिबेला राखी र मिठाई किन्नेहरुको घुइँचो लागेको देखिन्छ । राखी बाँध्नको लागि शुभ साइत डेढ बजेपछिको रहेको छ।
प्रतिक्रिया दिनुहोस्: