Loktantra Khabar National Weekly
Ad

मेयर साह तथा उपमेयर ग्वारिन द्बारा एकैसाथ दुई विद्यालय भवनको शिलान्यास

लोकतन्त्र खबर
३२ श्रावण २०८१

विद्यानन्द राय…. सर्लाही,साउन ३२

हरिपूर्वा नगरपालिकाका मेयर तथा उपमेयरले एकैसाथ दुईवटा सामुदायिक विधालय भवन निर्माणको शिलान्यास गरेका छन ।

मेयर बिनोद साह तथा उपमेयर सुमिन्त्रा देवी ग्वारिनले संयुक्तरूपमा रामजानकी मा .वि सन्तपुर वसन्तपुर र वडा न-८ को कन्या विद्यालयको पुजा पाठ गरी शिलान्यास गरेका हुन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत सिकिन्द्र प्रसाद साहले भवन निर्माणको लागि संघीय सरकारको विशेष सशर्त अनुदान ८ करोड ५ लाख ९६ हजारको लागतमा भवन निर्माण हुने जानकारी गराउनु भयो।

उहाँले यो योजना बहुवर्सिय योजना भएकाले नगरपालिकाले आवश्यक ठानेमा रकम थप गरेर भएपनि योजना सफल बनाउने बताउनु भयो ।

त्यसैगरी वडा न- ८ मा रहेको कन्या प्रावि को तिन कोठे भवनको कुल लागत रु २५ लाख रहेको साहले जानकारी गराए।

शिलान्यास भइरहँदा सोही पालिका वडा न- ८ का केही व्यक्तिहरुले अवरोध खडा गर्न खोजेका थिए ।

तर प्रहरीको सहयोगमा तत्कालै विवादलाई साम्यपारी कार्यक्रम अगाडी बढाइएको थियो। शिलान्यास कार्यक्रममा नेपाल प्रहरी सशस्त्र प्रहरी, संचारकर्मी लगायत स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

हरिपूर्वा नगरपालिकामा गएको दुई आ. व. देखि विकास निर्माणका सम्पूर्ण कार्यहरु ठप्प रहेको स्थानियहरुले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: