लोकतन्त्र समाचारदाता— सर्लाही,साउन ७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल हरिपुर नगर कमिटी सर्लाहीले पार्टीका केन्द्रीय सदस्य एवं पुर्व राज्यमन्त्री रामचन्द्र रायको आइतवार राती केही अज्ञात ब्यक्तिहरु द्वारा भएको निर्ममतापुर्वक हत्याको तुरुन्त छानबिनको माग गरेका छन् ।
सोमबार दिउँसो हरिपुर नगरपालिका स्थित रेडक्रस भवनमा पार्टीका केन्द्रीय सह-महामन्त्री शशि रंजन यादवको प्रमुख आतिथ्यता तथा नगर संयोजक राम कृपाल रायको अध्यक्षतामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेलाले केन्द्रीय सदस्य रायको निधन प्रति गहिरो शोक व्यक्त गर्दै उहाँको हत्यामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरि कडाभन्दा कडा कार्यवाहीको माग गरेका छन् ।
कार्यकर्ता भेलामा केन्द्रीय सह महामन्त्री यादबसहित जिल्ला अध्यक्ष अनिल साह , केन्द्रीय सदस्य टंक प्रसाद रिजल लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्:

