टाउकोमा धेरै चिलाउँदा हामीलाई लाग्छ चायाँ वा फोहोर जम्मा भएको होला । तर, कहिलेकाँही जुम्रा परेर पनि यस्तो समस्या हुन्छ ।
विशेषगरी वर्षाको मौसममा बच्चाको कपालमा जुम्राको समस्या धेरै हुन सक्छ । त्यसैले यस्तो समस्याबाट बच्न घरमै केही उपाय अपनाउन सकिन्छ ।
प्याजको रस
यसका लागि दुई वटा प्याजलाई पिसेर त्यसबाट रस निकाल्नुहोस् । अब यसमा थोरै बेसार मिसाएर टाउकोमा लगाउनुहोस् । २० मिनेटसम्म यो रस राखेपछि स्याम्पुको सहयोगले कपाल धुनुहोस् ।
कागती
सबैभन्दा पहिला ८–१० वटा कागतीबाट रस निकाल्नुहोस् । अब हातका औंलाको सहयोगले कपालको जरामा लगाउनुहोस् । १५ मिनेटसम्म यो कपालमा राखेपछि स्याम्पुले कपाल धुनुहोस् ।
मसिनो काँइयो
कपालमा भएका जुम्रा निकाल्नका लागि बनाइएका एकदमै मसिनो दाँत भएको काँइयो पाइन्छ । यसले दिनमा दुईपटक कपाल कोर्नुहोस् । यस्तो गर्नाले केही दिनमै जुम्रा सबै झर्नेछन् ।
मेथी
एक गिलास पानीमा एक चम्चा मेथीका दाना भिजाएर रातभर छोड्नुहोस् । अब अर्को दिन बिहान त्यसलाई पिसेर पेस्ट तयार गर्नुहोस् र कपालमा लगाउनुहोस् । ३० मिनेटसम्म यो राखेर कपाल धुनुहोस् ।
दही
चार चम्चा दहीलाई औंलाको सहयोगले स्काल्पमा लगाउनुहोस् । ३० मिनेटसम्म यसलाई कपालमा लगाइराखेपछि स्याम्पुले कपाल धुनुहोस् । यसो गर्नाले केही समयमै तपाईंले जुम्राबाट राहत पाउनुहुनेछ । यात्रा डेली