मनोज यादव— सर्लाही,साउन १
जिल्ला प्रशासन कार्यालय सर्लाहीले इस्लाम धर्मवलम्वीहरुको महान पर्व ताजिया दाहाको अवसरमा शुभकामना व्यक्त गर्दै शान्तिपूर्ण तरिकाले पर्व मनाउन सबै जिल्लाबासीहरुसँग आग्रह गरेको छ।
मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले मानव अधिकारको सम्मान , शान्ति सुव्यवस्था कायम , सार्वजनिक सम्पतिको संरक्षण र सबै धर्म समुदाय बिच समाजिक सदभाव कायम गरी पर्व मनाउन आग्रह गरेको छ।
साथै उनले सार्वजनिक स्थलमा जथाभावी होहल्ला नगर्न, चर्को आवाजमा बाजा डिजे साउण्ड सिस्टम नबजाउने,भाला ,तलवार लगायतका हातहतियारहरुको प्रदर्शन नगर्न तथा कुनै पनि व्यक्तिको निजी जिवनमा असर पर्ने खालका कार्यहरु नगर्न नगराउन समेत सोही विज्ञप्ति मार्फत आवह्वान गरेका छन् ।
पर्व मनाउने क्रममा कसैले आवाञ्छित क्रियाकलाप गरे अथवा गराएको पाइएमा उक्त व्यक्तिलाई नेपालको प्रचालित कानुन बमोजिम कार्यवाही गरिने प्रजिअ अधिकारीले चेतावनी दिएका छन् ।
विगतमा सदरमुकाम मलंगवामा दुई समुदाय बिच भएका साम्प्रदायिक द्वन्दलाई मध्यनजर गर्दै सो किसिमका घटना पुन: दोहोरीन नदिन ताजिया दाहाको कार्यक्रम आयोजना गरिने स्थानहरुमा ठुलो संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिने प्रजिअ अधिकारीले जानकारी दिएका छन् ।