Loktantra Khabar National Weekly
Ad

त्रिशूली बस दुर्घटनामा सरकार रमिते बन्दै कुर्सीको खेलमा व्यस्त

लोकतन्त्र खबर
३२ असार २०८१

विद्यानन्द राय— सर्लाही,असाढ ३१

त्रिशुली नदीमा २ वटा बस खसेर बेपत्ता भएको चारदिन बितिसक्दा पनि स्थिति पत्ता लाग्न सकेको छैन ।

उक्त दुर्घटनामा ६५ जना यात्रु वेपता भएका थिए। असार २८ गते शुक्रवार बिहान करिब ३: ३० बजेको समयमा बिरगंज र गौरका दुई वटा बस भरतपुर नगरपालिका वडा न-२९ को सिमलताल भन्ने ठाउँमा आएको पहिरोमा परेर त्रिशुलीमा बगेका थिए।

बस खसेको ४ दिन वितिसक्दा पनि अहिले सम्म बस तथा त्यसमा सवार यात्रु पत्ता लगाउन नसकनु राज्य कमजोर भएको बुझिन्छ ।

जापानमा केहि मिनेटमै क्यामराको वाट पत्ता लगाउने मिसीन को अविष्कार भइसकेको ले त्यहाँ छिटै पानीमा खसेको वस्तु पत्ता लगाउने गरेकोे यस क्षेत्रका विज्ञहरु बताउछन् ।

हाम्रो देशमा भने अहिले पनि पुरानै तरिकाले गोतखोर बस पत्ता लगाउदा पनि नसकेको कारण वेपता भएका परिवारका सदस्यहरु आजित भएका छन । उनीहरु लासै भए पनि पत्ता लगाई दिन सरकारसँग अनुरोध गरिरहेका छन्।

४ दिन देखि त्रिशुल नदी किनारमा आफन्तहरु रोइ कराई गरिरहेका छन, तर सरकार भने यता आफनै रमिता देखाउन मा तल्लिन रहेको देखिन्छ ।

प्लेन दुर्घटना हुँदा विदा दिने , जाँचबुझ कमिटी गठन गर्ने तर ठूलो संख्यामा यात्रुहरु त्रिशुलीमा खसेर वेपता हुँदा पनि अहिले सम्म केही नगरी हातमा हात राखेर बस्नु भनेको सरकारको लागि लाजै मर्नु बराबर भएको मलंगवाका स्थानीय बुद्धिजीवीहरुको भनाइ छ।

सरकारले दुर्घटना र मुत्युमा समेत विभेद गरेको प्रष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: