Loktantra Khabar National Weekly
Ad

यी हुन् गेमिङको लागि उपयुक्त बजेट-मैत्री पाँच स्मार्टफोन

लोकतन्त्र खबर
३२ असार २०८१

पछिल्लो समय स्माटफोनको प्रयोग बढेको छ। प्रयोगकर्ताले आफ्नो प्रयोजन अनुसार विभिन्न बजेटमा मोबाइल सेट खरिद गर्ने गर्छन्।

यस्तैमा एउटा जमात मोबाइल गेमिङको लागि राम्रो स्मार्टफोन खरिद गर्नेहरू पनि छन्। प्रायः गेमिङको लागि उपयुक्त फोन महँगा हुन्छन्।

गेमिङको लागि स्मार्टफोन खरिद गर्दा त्यसको स्क्रिन आकारदेखि रिफ्रेसरेट, कुलिङ र ब्याट्री क्षमता, चार्जिङ स्पिड, स्पिकरको गुणस्तर लगायत फिचर हेर्नुपर्ने हुन्छ।

बजेट-मैत्री गेमिङ स्मार्टफोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने तल उल्लेखित स्मार्टफोन तपाईंको लागि उपयुक्त हुन सक्‍छ।

यो सूची गत जुलाईमा बेलायती गेमिङ वेबसाइट ‘पकेट ट्याक्टिक्स’ ले तयार पारेको हो। उल्लेखित सबै मोडल नेपाली बजारमा पनि उपलब्ध छन्।

१.पोको एक्स५ प्रो ५जी

गेमिङको लागि पोकोको मोडलहरू उपयुक्त मानिन्छ। यसको ब्याट्री क्षमता राम्रो हुनुका साथै लामो समयसम्म चार्ज टिक्छ। यसले ६७ वाटको फास्ट चार्जिङ समर्थन गर्छ। यसमा प्रयोगकर्ताले फिंगरप्रिन्ट स्क्यानर पनि पाउन सक्छन्।

नेपाली बजारमा पोको एक्स५ प्रो ५जीको सुरुआती मूल्य ४० हजार रूपैयाँ तोकिएको छ। यो ६ जिबी र्‍याम र १२८ जिबी स्टोरेज भएको भेरियन्टको मूल्य हो। ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेज भएको पोको एक्स५ प्रो ५जीको ४३ हजार रूपैयाँ तोकिएको छ।

२. सामसङ ग्यालेक्सी ए३४ 

सामसङले हरेक रेन्जको विभिन्न प्रयोजनका लागि स्मार्टफोन बनाउँदै आएको छ। सामसङको ग्यालेक्सी ए३४ ५जी भर्खंर मोबाइल गेमिङ सुरू गर्नेहरू (योङ्ग गेमर)को लागि उपयुक्त फोन हो। यसको कलर डपिस्प्ले राम्रो हुनुका साथै स्टोरेज पनि पर्याप्त छ। यद्यपि यसको नकारात्मक भनेको मोबाइल चार्जिङ तुलनात्मक रूपमा ढिलो छ।

नेपाली बजारमा सामसङको ग्यालेक्सी ए३४ ५जीको सुरुआती मूल्य ४५ हजार रूपैयाँ तोकिएको छ।

३. साओमी रेड्मी नोट १२ प्रो

साओमीको रेड्मी नोट १२ प्रो रेगुलर गेमरको लागि उपयुक्त स्मार्टफोन हो। यसले डुअल सिम (दुइटा सिम) पनि समर्थन गर्छ। यस्तै, यो मोडलले फिंगरप्रिन्ट स्क्यानर पनि समर्थन गर्छ। यो एनड्रोइड १२ अपरेटिङ सिस्टममा तयार भएको फोन हो।

प्रयोगकर्ताले साओमी रेड्मी नोट १२ प्रोमा स्टेरिओ स्पिकर पाउन सक्छन् भने ६७ वाटको फास्ट चार्जिङ यो सेटले समर्थन गर्छ। गेमिङसँगै यो मोडल क्यामेराको लागि पनि राम्रो छ। यसमा ५० मेगापिक्सलको क्यामेरा पाउन सकिन्छ।

नेपाली बजारमा साओमी रेड्मी नोट १२ प्रोको सुरुआती बजार मूल्य ४२ हजार रूपैयाँ तोकिएको छ। यो ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेज क्षमता भएको स्मार्टफोनको मूल्य हो।

४. आइफोन १२

आइफोन १२ लाई एप्पलको ‘बेस्ट बजेट गेमिङ फोन’ भन्दा फरक पर्दैन। सन् २०२० मा सार्वजनिक आइफोन १२ को प्रदर्शनीका कारण अहिलेसम्म पनि बजारमा यसको माग राम्रो छ। ५ जी समर्थन गर्ने यो मोडलमा कुनै पनि एप वा सफ्टवेयर डाउनलोड गर्ने स्पिड द्रुत छ। यसमा भएको ए१४ बायोनिक चिपले कुनै पनि मोबाइल गेम खेल्दा सहज र ‘स्मुथ गेमप्ले’ अनुभव दिलाउँछ।

गेमिङसँगै आइफोन १२ दैनिक अन्य प्रयोजनको लागि पनि उपयुक्त मोडल हो। नयाँ डिजाइनमा तयार पारिएको यो फोन ४ जिबी र्‍याम विकल्पमा उपलब्ध छ। नेपाली बजारमा यसको सुरुआती बजार मूल्य ८५ हजार रूपैयाँ तोकिएको छ।

५. वानप्लस १०टी ५जी

यो सूचीको अन्तिममा छ, वानप्लस १० टी ५जी। सूचीअनुसार नेपाली बजारमा वानप्लस १० टी ५जी सबैभन्दा महँगो गेमिङ स्मार्टफोन हो। यसको सुरुआती मूल्य ९५ हजार रूपैयाँ तोकिएको छ।

सन् २०२२ मा विश्व बजारमा सार्वजनिक यो स्मार्टफोनमा एनड्रोइड १२, अक्सिजन ओएस १३ अपरेटिङ सिस्टम दिइएको छ। यसमा फिंगरप्रिन्ट सेन्सर पाउन सकिन्छ भने स्टेरियो स्पिकर दिइएको छ।

वानप्लस १०टी ५ जीको उज्यालो डिस्प्लेबारे धेरैले प्रशंसा गरेका छन्। यसले दिने प्रदर्शनी राम्रो छ तर केहि नकारात्मक प्रतिक्रियाहरू पनि छन्। ५० मेगापिक्सलको क्यामेरा भए पनि यसको क्यामेरा प्रदर्शनी मूल्यअनुसारको नभएको प्रतिक्रिया प्रयोकर्ताको छ। सेतोपाटी

 

 

प्रतिक्रिया दिनुहोस्: