Loktantra Khabar National Weekly
Ad

सलमान खानलाई सिद्धू मूसेवालालाई जसरी हत्या गर्ने षड्यन्त्र रचिएको दाबी

लोकतन्त्र खबर
२० असार २०८१

बलिउड स्टार सलमान खानको घरमा गएको अप्रिल १४ मा गोलबारी भएको थियो । यस मामिलामा प्रहरीले तुरुन्तै छानबिन सुरु गर्‍यो । अनि एकपछि अर्को गर्दै आरोपीहरूलाई पक्राउ पनि गरियो ।

यस मामिलामा छानबिन गरिरहेको मुम्बई प्रहरीले लरेन्स विश्नोई ग्याङका पाँच आरोपी विरुद्ध अभियोग पत्र दायर गरेका छन् । उनीहरूले पन्जाबी गायक सिद्धू मूसेवालालाई मारे जस्तै गरी सलमान खानलाई मार्ने योजना बनाएको दाबी गरिएको छ ।

सलमानलाई मार्न २५ लाखको सुपारी

चार्जसिटका अनुसार बिश्नोई ग्याङले सलमान खानलाई मार्न २५ लाखको सुपारी दिएको प्रहरी अधिकारीले बताएका छन् । आरोपीहरूले पाकिस्तानबाट अत्याधुनिक हतियार एके ४७, एके ९२ र एम १६को साथसाथै टर्कीमा बनेको जिगाना पेस्तोल पनि किन्ने तयारी गरिरहेका थिए । सिद्धू मूसेवालालाई मार्न पनि जिगना पेस्तोलकै प्रयोग गरिएको थियो ।

सलमानको हरेक चालमाथि नजर

प्रहरीले चार्जसिटमा बताएअनुसार सलमानलाई मार्ने षडयन्त्र सन् २०२३ को अगस्टदेखि सन् २०२४ को अप्रिलबिचमा रचिएको थियो । सलमान खानको हरेक क्रियाकलापमाथि निगारनी गर्न ६० देखि ७० जनालाई खटाइएको थियो । यी सबै जनाले मुम्बईस्थित सलमान खानको घर, पनवेलमा रहेको फार्म हाउस र गोरेगाउँको फिल्म सिटीमा सलमानको हरेक गतिविधि नियालिरहेका थिए ।

अभिनेतालाई मार्न आरोपीहरूले १८ वर्षभन्दा कम उमेरका केटालाई भाडामा लिएका थिए । सबै शूटरहरूले गोल्डी ब्रार र अनमोल बिश्नोईको आदेश कुरिरहेका थिए । अर्डर पाएपछि उनीहरू पाकिस्तानबाट आएको अत्याधुनिक हतियार प्रयोग गरेर सलमानलाई मार्नेवाला थिए । शूटरहरू पुणे, रायगढ, नवी मुम्बई, ठाणे र गुजरातमा लुकेर बसेका थिए ।

प्रहरीले यस मामिलामा जुन ४ मा सलमान खान र उनका भाई अरबाज खानको पनि बयान लिएको छ । सलमानको बयान ९ पेजको र अरबाजको बयान ४ पेजको भएको बताइएको छ । घटनाको रात आफ्नो घरमा पार्टी भएको सलमान बताएका छन् । पार्टीका कारण आफू ढिलो सुतेको अनि गोलीको आवाजले ब्युँझिएको अभिनेताले बयानमा भनेका छन् । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: