Loktantra Khabar National Weekly
Ad

बाँकेमा करेन्ट लागेर महिलाको मृत्यु

लोकतन्त्र खबर
१९ असार २०८१

बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

सोमबार बेलुका साढे ६ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयाकी ४५ वर्षीया प्रेमा थारुको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार आफ्नै घरको धारामा नुहाउने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो।

पानी परिरहेको हुँदा मोटरमा करेन्ट प्रवाह भएको हुन सक्ने र त्यहीँबाट करेन्ट लागेको अनुमान भइ रहेको भण्डारीले बताए।

दिनभर खेतमा रोपाइको काम गरी आएकी प्रेमा धारामा नुहाउन भनेर गएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: