लोकतन्त्र समाचारदाता—-
सर्लाही,असाढ १६
राष्ट्रिय दलित पत्रकार संघ सर्लाहीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिवार सदरमुकाम मलंगवामा सम्पन्न भएको अधिवेशनबाट पुनः अखलेश बैठाको अध्यक्षतामा ७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ।
सर्वसम्मतिले चयन भएको जिल्ला कार्यसमितिको उपाध्यक्षमा राकेश घनकार,सचिवमा अरविन्द बैठा,कोषाध्यक्षमा अर्चना कुमारी रामसहित संतोष राम,राजन बैठा र यशोधा तिमिल्सिना रहेको संघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: