विद्यानन्द राय—
सर्लाही,असाढ ११
आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि सर्लाहीका १८ वटा पालिकाहरुले आ–आफनो निती तथा कार्यलय प्रस्तुत गरेका छन् ।
विभिन्न कारणवस दुईवटा पालिकाले आफ्नो निती तथा कार्यक्रम प्रस्तुत गर्न पाएका छैनन् ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्ने अन्तिम दिन अर्थात असाढ १० गते सोमवारका दिन मलंगवा,गोडैता , कविलासी , हरिपुर , लालबन्दी , हरिऔन , बरहथवा , हरिपूर्वा र इश्वरपुर नगरपालिका तथा ब्रहम्पुरी , पर्सा , चन्द्रनगर र रामनगर, गाँउपालिका प्रमुखहरुले आ–आफनो पालिकामा आगामी आर्थिक वर्ष २०८१/०८२ को निती तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन् ।
धनकौल , चक्रघट्टा , बसबरीया , कौडेना गाउँपालिका र बलरा न.पा. ले असार ७ गते नै गाउँ तथा नगर सभा सम्पन्न गरिसकेका छन ।
बागमती नगरपालिकाका मेयर तथा उपमेयर भ्रष्टाचार मुदामा निलम्वनमा रहेका कारण नगर सभा गर्न पाएको छैन।
त्यसैगरी विष्णु गाँउपालिकाका अध्यक्ष जवाहर लाल यादव बिरामीका कारण उपचारको क्रममा रहेकोले सो पालिकाले पनि गाउँसभा गर्न पाएका छैनन् ।
विष्णु गापा का स्थानियहरुका अनुसार अध्यक्ष यादवको बहुमत नरहेको कारण कार्यक्रम तथा बजेट पास हुने नदेखेपछि बिरामी को वहाना वनाउदै आफना निती तथा कार्यक्रम नै स्थगित गरेको बताएका छन।
असार १० गते निती तथा कार्यक्रम ल्याउन नसकेको पालिका वा पास हुन नसकेका वजेट लाई असार मसान्त भित्र पास गरिने स्थानिय विकास संचालन ऐनमा नै व्यवस्था गरेकोले पालिकाहरुलाई विपक्षीहरु लाई मनाउन भरपुर समय मिलेको छ ।

