Loktantra Khabar National Weekly
Ad

कैलालीबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकतन्त्र खबर
१२ असार २०८१

कैलाली । लागूऔषध मुद्दाका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीले लागूऔषध मुद्दामा १० हजार जरिवाना तोकेपछि फरार रहेका गौरीगंगा नगरपालिका–२ बस्ने २५ वर्षीय निर्मल चन्द सोमवार पक्राउ परेका हुन् ।

चन्दलाई इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरि अदालतमा पेश गरिसकेको जनाएको छ । अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: