Loktantra Khabar National Weekly
Ad

मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु

लोकतन्त्र खबर
११ असार २०८१

कास्की । रूपा गाउँपालिका-३ ताकान्जा सडकमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पैचोकबाट ताकान्जातर्फ जाँदै गरेको ग.१ क ३३६१ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना भएको हो ।

दुर्घटनामा सहचालक सोही गाउँपालिका-१ शास्त्री बस्ने १९ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मिनी ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: