बखतियार अलि–
सर्लाही ७ असाढ । सर्लाहीको धनकौल गाउपालिकाले आर्थिक वर्ष २०८१ ।०८२ का लागि गाउसभा तथा बजेट प्रस्तुती शुक्रबार देखि शुरु गरेको छ ।
१३ औं गाउसभाको आयव्यय नीति कार्यक्रमको प्रस्तुती गर्दै गाउपालिका अध्यक्ष रामआश्रय साहले आर्थिक वर्ष २०८१ ।०८२ का लागि अनुमानित कुल बजेट रु ४२ करोड ९९ लाख ८ हजार रहेको गा.पा. अध्यक्ष साहले प्रस्तुत गर्नुभयो ।
जस अनुसार संघंीय बजेटबाट समानीकरण, अनुदान, राजस्व बाडफाडबाट ३९ करोड ३४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
तेसै गरि मधेश प्रदेश सरकारबाट समपुरक, बिशेष अनुदान तथा राजश्व बाडफाडबाट रु २ करोड १८ लाख ४७ हजार प्राप्त हुने अनुमान गरिएको छ । गाउपालिकाको आन्तरीक श्रोतबाट रु १ करोड ४६ लाख ६१ हजार रकम प्राप्त हुने अनुमान रहेको बजेट प्रस्तुत गर्दै गाउपालिका अध्यक्ष रामआश्रय साहले बताउनु भयो ।
१३ औं गाउसभाको प्रमुख अतिथी मधेश प्रदेशका प्रदेश सभासदस्य तथा पुर्व स्वास्थ्य मन्त्री बिरेन्द्र प्रसाद सिंह तथा गाउपालिका अध्यक्ष रामआश्रय साहले सामुहिक रुपमा पानसमा बति बालेर १३ औं गाउसभाको उदघाटन गर्नु भएको थियो ।
प्रमुख अतिथी सिंहले भने धनकौल गाउपालिकाको चौतर्फी बिकास गरेर देखाउने प्रतिबद्धता व्यतm गर्दै पालिकाको हर सम्भव सहयोग गर्न आफु सदैव तयार रहेको वहाले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले धनकौल गाउपालिकाले जनचाहना बमोजिम कार्य गर्नुपर्ने जिकिर गरे ।
नेपाली कांग्रेसका जिल्ला उपसभापती डा. सरोज कुमार रायले धनकौल गाउपालिकामा सानो समयमा राम्रो विकास भएको बताउदै वहाले पालिकाको प्रशंसा गर्नु भयो ।
१३ औं गाउसभामा पालिकामा रहेका ७ वटै वडाका वडा सदस्य तथा वडाअध्यक्षहरुलाई गा.पा. अध्यक्ष साहले मायाको चिनो र गमछा ओढाएर सम्मान गर्नुभयो । गाउपालिकाका उपाअध्यक्ष अकली सहनीले महिला सदस्यहरुलाई पनि मायाको चिनो प्रदान गर्दै खादा ओढाएर सबैलाई सम्मान गरेकी थिइन ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साहले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महतोले गरेका थिए ।

