Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

लोकतन्त्र खबर
३१ जेष्ठ २०८१

काठमाडौं जेठ ३१ , बिहीबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्यमा छापावाल सुनको कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ छ ।

चाँदीको मूल्य बिहीबार तोलमा १० रुपैयाँले घटेको छ । बुधबार तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: