Loktantra Khabar National Weekly
Ad

जनताको विद्युत् महसुल नगरपालिकाले बुझायो

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

रौतहट । मौलापुरमा जनताले बुझाउने बिद्युत् महसुलको तेश्रो किस्ता बापत रू ४५ लाख २६ हजार रकम आज नगरपालिकाले बिद्युत् प्राधिकरणकोलाई बुझाएको छ ।

नगरप्रमुख रीना कुमारी साहले बिद्युत् शाखाको प्रमुख दिनेश यादवलाई नगद चेक हस्तान्तरण गरेकी हुन् ।

मौलापुर नगरपालिकाले “फ्री बिजुली, फ्री पानी” कार्यक्रम सञ्चालन गर्दै आएको छ । झन्डै ५ वर्षदेखि जनताको घरायसी मिटर र कृषि मिटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ ।

यो चालु आर्थिक वर्षमा मात्रै कुल ३ करोड ४३ लाख ५० हजार रकम बुझाई सकेको साहले जानकारी दिइन् ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: