Loktantra Khabar National Weekly
Ad

अभिनेता जहिर इकबालसँग विवाह गर्दै सोनाक्षी सिन्हा

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अभिनेता जहीर इकबालसँग आगामी जुन २३ मा विवाह गर्ने भएकी छिन् । केही भारतीय संचारमाध्यमले मुम्बईमा विवाह हुन लागेको उल्लेख गरेका छन् ।

इन्डिया टुडेको रिपोर्ट अनुसार यो विवाहमा जोडीको परिवारका सदस्य र नजिकका साथीमात्र सहभागी हुनेछन् । यसबाहेक सोनाक्षीको हालै रिलिज भएको वेब सिरिज ‘हीरामाण्डी’ को स्टारकास्टलाई पनि यो विवाहमा निम्तो दिइनेछ ।

यद्यपी, यो खबरलाई लिएर अहिलेसम्म आधिकारिकरुपमा पुष्टि भएको छैन ।

स्रोतको विश्वास गर्ने हो भने सोनाक्षीको विवाहको निमन्त्रणा पत्रलाई पत्रिकाको कभर जस्तै डिजाइन गरिने छ । यसमा लेखिनेछ- ‘हल्ला सत्य हो…’ विवाहमा सहभागी सबै पाहुनालाई औपचारिक रुपमा उपस्थित हुन अनुरोध गरिएको छ । यो उत्सव मुम्बईको प्रसिद्ध रेस्टुरेन्ट बास्टियनमा हुन सक्छ ।

शिल्पा शेट्टी मुम्बईको बान्द्रा वेस्टमा रहेको यस रेस्टुरेन्टकी मालिक हुन् । जान्हवी कपूर, अनन्या पाण्डे, सोनम कपुर र करण जोहर जस्ता ए-लिस्टर सेलिब्रेट प्रायः उक्त रेस्टुरेन्टमा पुग्ने गर्छन् । उक्त रेष्टुरेन्ट माछा र लब्स्टर रोलजस्ता परिकारका लागि प्रसिद्ध छ ।

दुवै लामो समयदेखि डेटिङमा छन्

सोनाक्षी र जहीरले लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन् । तर, अहिलेसम्म दुवैले यसबारे खुलेर बोलेका छैनन् न कुनै आधिकारिक घोषणा गरेका छन् ।

दुबैको सामाजिक सञ्जाल पोष्टले उनीहरुको सम्बन्धबारे खुलासा गरेको छ । हालै सोनाक्षीको जन्मदिनमा पनि जहीरले अभिनेत्रीसँग रोमान्टिक तस्वीर पनि सेयर गरेका थिए ।

जहिरको अभिनय करियर फ्लप रह्यो

३६ वर्षीय जहिर इकबालले २०१९ मा फिल्म ‘नोटबुक’ बाट डेब्यू गरेका थिए । यसपछि उनी सन् २०२२ मा सोनाक्षी सिन्हा र हुमा कुरैशी स्टारर फिल्म ‘डबल एक्सएल’ मा देखिएका थिए । ६ वर्षको करियरमा जहीरले यी दुवै फिल्ममा काम गरेका थिए जुन फ्लप थिए ।

जहीरका पिता इकबाल रत्नासी पनि सलमान खानका नजिकका साथी हुन् । जहीरलाई लन्च गर्न पनि सलमानले सहयोग गरेका थिए । यसअघि जहीर सलमानका भाइ सोहेलको फिल्ममा सहायक निर्देशक पनि थिए ।

सोनाक्षीबाहेक जहीरको नाम दीक्षा सेठ र सना सईदजस्ता अभिनेत्रीसँग पनि जोडिएको छ । सोनाक्षीको कामको कुरा गर्दा, अहिले उनी ‘हिरामाण्डी’को चर्चामा छिन् । उनी छिट्टै ‘काकुडा’ र ‘निकिता रोय’ जस्ता फिल्ममा देखिनेछिन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: